अभिनेत्री कंगना रनौत भारतीय लोकसभा निर्वाचनमा विजयी
न्युजभित्तो/२२ जेष्ठ २०८१, मंगलवार १६:३८
काठमाडौं, २२ जेठ । भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् । हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको जनाइएको छ ।
मिडिया कुराकानीमा उनले आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको बताएकी छन् ।
कंगनाले पहिलो पटक चुनाव लडेकी हुन् । उनले ४२ जति फिल्ममा काम गरेकी छन् । कंगनाले सन् २०२० मा प्रोडक्सन हाउस मणिकर्णिका फिल्म्स पनि सुरु गरिन् । उनले पद्मश्री, ४ राष्ट्रिय अवार्ड र ५ फिल्मफेयर अवार्ड पाएकी छन् ।