स्मृति इरानी पछि परिन्, कांग्रेसका शर्मा ९० हजार मतले अगाडि
न्युजभित्तो/२२ जेष्ठ २०८१, मंगलवार १५:५९
नयाँ दिल्ली, २२ जेठ । भारतको अमेठी सिटबाट विपक्षी कांग्रेसका उमेदवार किशोरीलाल शर्मा दिउँसो २।२० बजे सम्मको गणनामा ९० हजार मतले अगाडि देखिएका छन् ।
भाजपा नेतृ स्मृति इरानी प्रतिस्पर्धामा निकै पछि परेकी छन् । सो स्थानमा अघिल्लो निर्वाचनमा राहुल गान्धीलाई स्मृतिले पराजित गरेकी थिइन् ।
प्रियंका गान्धीले ट्विट गर्दै भनेकी छन्, “किशोरी भैया, मलाई कहिले पनि कुनै शंका थिएन । मलाई सुरुदेखि नै यकिन थियो कि तपाईँले जित्नुहुनेछ । तपाईंलाई र अमेठीका मेरा प्यारा भाइ र बहिनीलाई हार्दिक बधाई ।”
अमेठीलाई गान्धी परिवारको गढ मानिने गरेको छ । यसअघि राहुल गान्धी सो क्षेत्रमा चुनाव नलडेपछि भागेको भनेर सत्तारुढ भाजपा नेताले व्यङ्ग्य गरेका थिए । बीबीसी