सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

न्युरोडमा फुटपाथ बनाउन नपाएपछि ओलीसँग आक्रोशित बालेन, भन्छन्- जेल जान तयार भएर बस्नू


  •    न्युजभित्तो/२१ जेष्ठ २०८१, सोमबार ११:१७ 
  • काठमाडौं, २१ जेठ । न्युरोडमा आफूले भत्काएको फुटपाथ सडक विभागले टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले अध्यक्ष ओलीप्रति आक्रोश पोखेका छन्। उनले ओलीमाथि आक्रोश मात्र पोखेनन्, पहिले पनि विभिन्न कर्तुत गरेर जेल परेको भन्दै जेल जान तयार हुन चेतावनी दिएका छन्। बालेनले ‘१० हजार करोड रुपैयाँको काण्ड लुकाउन’ आफ्नो काममा अवरोध पुर्‍याएको भन्नसमेत भ्याए।

    उनले गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा ओली संलग्न रहेको भन्दै उनले उनले बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भनेका छन्। ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ’, उनले फेसबुमा लेखेका छन् ‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।’

    ‘अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। ‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला’, उनले फेसबुकमा लेखेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो।’ न्युरोडमा बालेनले फुटपाथका लागि सडक भत्काएपछि क्षेत्राधिकार मिचेर सडक नभत्काउन सडक विभागले चेतावनी दिएको थियो। त्यसपछि काठमाडौं महानगरका मेयर साह लगातार एमाले अध्यक्ष ओलीसँग आक्रोशित हुँदै आएका छन्। स्वतन्त्रबाट मेयर बनेका बालेन साह निर्वाचित हुनेबित्तिकै ओलीकै आशीर्वाद लिन बालकोट पुगेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.