सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थीलाई धर्मसँस्कृतिप्रति उत्साह जगाउन धार्मिक हाजिरीजवाफ प्रतियोगिता


  •    न्युजभित्तो/२० जेष्ठ २०८१, आईतवार १९:१७ 
  • तिलोत्तमा (रुपन्देह), २० जेठ । मौलिक सनातन धर्म सँस्कृतिप्रति विद्यार्थीहरुलाई उत्साह जगाउन आज यहाँ अन्तर विद्यालय धार्मिक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा रहेको श्री शान्ति दुर्गा मन्दिरले किराँत, बौद्ध र सनातन हिन्दू सँस्कृतिसँग सम्बन्धित प्रश्नहरु समेटेर प्रतियोगिता आयोजना गरेको हो ।

    तिलोत्तमा नगरपालिका वडा नं. ६ वडा कार्यालयको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको छनौट चरणमा १६ वटा विद्यालय सहभागी भएकोमा ३० वटा साझा प्रश्न राखी छनौट भएका ६ वटा विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए । दोस्रो चरणमा श्रव्यदृश्यका ७ वटा साझा प्रश्न सहित ४९ वटा प्रश्न विद्यार्थीलाई सोधिएको थियो । श्रव्यदृश्यमा भिडियो, पोटो, अडियो सुनाउने र देखाएर प्रश्न गरिएको थियो ।

    प्रतियोगितामा गिर्वाण सरस्वती मा वि प्रथम, स्मृती बोर्डिङ स्कुल द्वितीय, जनज्योती मावि तृतीय र प्यारामाउण्ट स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

    मन्दिर समिती अध्यक्ष शिव पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यता सम्पन्न भयो । सागर पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक शोभाखर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    संयोजक भण्डारले धर्म सँस्कृति जगेर्ना गर्न कार्यक्रम सफल भएको भन्दै यस्तो प्रकारको प्रतियोगिता अन्यत्र नभएको दावी गर्नुभयो । उत्साहजनक सहभागितामा भएको प्रतियोगिताबाट विद्यार्थीहरुले धर्म सँस्कृतिको बारेमा ज्ञान हाँसिल गर्नुका साथै भरतपुर मनोरञ्जन प्राप्त गरेको उहाँको भनाई छ ।

    पछिल्लो समय धर्मसँस्कृतिमाथि अतिक्रमण भईरहेको समयमा भएको प्रतियोगिताले नेपालका परम्परागत धर्म सँस्कृति संरक्षणमा थोरै भएपनि टेवा दिएको भण्डारी बताउनुहुन्छ ।

    स्थानीय समाजसेवी प्रकाश आचार्यले विद्यार्थीलाई धर्म सँस्कृतिप्रति जागरुक बनाउने यस्ता कार्यक्रमले समाजलाई सकारात्मक बाटोतर्फ लैजाने भन्दै विद्यालयहरु र स्थानीय पालिकाहरुले पनि यस्ता प्रयोगिता समय समयमा गर्नुपर्नेमा जोड दिनुभयो । आचार्यले भन्नुभयो “कलिलो उमेरदेखि नै धर्मसँस्कृतिका बारेमा विद्यार्थीलाई ज्ञान दिंदा उनीहरु नैतिकवान र अनुशासिन बन्दछन् । यसले सकारात्मक बाटोतर्फ लैजान थप सहयोग पुग्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.