सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रास्वपाले देश बिगार्‍यो भन्दै पुराना दलहरू पन्छिन खोजेः सांसद झा


  •    न्युजभित्तो/२० जेष्ठ २०८१, आईतवार १४:५८ 
  • काठमाडौं, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरू देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, नीजि क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताए।

    उनले केही पुराना दलहरूले आफूहरूलाई देश बिगारेको भन्दै पन्छिन खोजेको पनि बताए। साथै, उनले आफूहरू राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको भन्दै आफूहरु राम्रो काम गर्ने प्रयास गरिरहेको बताए।

    ‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला। हामी प्रयासहरू गर्दैछौँ। हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरू पनि होइनौँ। हाम्रो विगत कमजोर पनि थिएन,’ सांसद झाले भने, ‘हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटी टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन। हामीसँग अरु धेरै आधार छ। केही गर्न आएकै छौँ। केही गर्ने प्रयास गरिरहेका छौँ।’

    उनले आफूहरू केही विकल्प नभएर राजनीतिमा आएको व्यक्तिहरू नभएको बताउँदै उनले आफूहरूको विगत कमजोर नभएको भन्दै धेरै आधार रहेको बताए। ‘सदन खुलेको छ खुसीको कुरा। यति दिन बन्द हुँदै गर्दा चुरे दोहनको कारणले गर्दाखेरी मधेसको पानीको सतह तल गइसकेर मान्छेहरु मध्यरातमा उठेर पानी तान्छन् र चलाउँछन् किनकी दिउँसो पानी आउँदैन। यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो रु डढेलो लाग्दा हामी बोल्न चाहान्थ्यौँ। आज आएर सबै सरोकार सबै चिन्ता देखाउँदै हुनुहुन्छ रु’

    उनले संसद बन्द हुँदा जनसरोकारका विषयमा आफूहरूले बोल्न नपाएको गुनासो गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
    ‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
    सुनचाँदीको मूल्य आज पनि बढ्यो
    • त्रिसाली मेलामा रमाउँदै यासोक
    • सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    • हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.