सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदमा बोल्दै चन्द्र भण्डारीले दिए सूचना– जनताले संसद्लाई बाँदर उपहार पठाउँदैछन् रे !


  •    न्युजभित्तो/२० जेष्ठ २०८१, आईतवार १३:०१ 
  • काठमाडौं, २० जेठ । संसदमा जनताको कुरा नउठाएको भन्दै जनताले संसदलाई बाँदर उपहार उठाउन लागेको एक सांसदले सदनमा जानकारी गराएका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले संसदमा किसानका मुद्दा नउठेकाले जनताले बाँदर उपहार पठाउन लागेको बताएका हुन् ।

    ‘अहिले नेपालको सञ्चारमाध्यममा सडक विभागले काम गर्न सकेन धुलै–धुलो भयो भनेर काठमाडौं महानगरका मेयरले पठाएको धूलो उपहारको चर्चा छ । त्यसैगरी जनताहरू जसले हामीसँग प्रश्न गर्नुभएको छ, सदनमा भुँइमान्छेका कुरा उठाउने ठाउँमा झगडा गरेर समय बिताएका छौँ । जनताले भर्खर मकै छरेका छन्, टुसा निस्कने बेलामा बाँदर आएर टुसा खान थालेका छन, किसानलाई बाँदरले अस्तव्यस्त भएका छन्,’ उनले संसदमा भने, ‘अहिले किसानहरू भन्दैछन्, हाम्रो कुरा नउठाउने बाँदर जम्मा गर्दैछन् रे, यो सदनलाई बाँदरहरू उपहार दिने रे! ’

    भण्डारी बोल्दा–बोल्दै शून्य समयको एक मिनेटको समय सकियो । उनले यसअघि पनि बाँदर आतंकका बारेमा सदनमा पटक–पटक कुरा उठाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.