सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेठ १८, १९ र २० गते भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी


  •    न्युजभित्तो/१७ जेष्ठ २०८१, बिहीबार १६:४३ 
  • चितवन, १७ जेठ । भोलि शुक्रबारबाट भरतपुरमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट एशोसिएसनको संयुक्त आयोजनामा “अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो २०२४” हुन लागेको हो ।

    भरतपुरको चितवन एक्स्पो सेन्टरमा हुने एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ ।

    एक्स्पोमा १५० स्टल रहने छन् । जहाँ नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत देशका स्टल रहने छ ।

    नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानहरुलाई एकै ठाउँमा सबै कुरा उपलब्ध हुने गरी पोल्ट्री पाठशाला सञ्चालन गरिने बताउनुभयो । उहाँले एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने, औषधि, दाना, चल्ला, खोर, फर्म लगायत सम्पूर्ण विषयको प्रविधि सहित किसानलाई शिक्षा दिने जानकारी दिनुभयो ।

    उहाँले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन एक्स्पो फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा.सुरवीर सिंहले एक्स्पोमा तीन दिनको अवधिमा तीनै दिन पाठशाला सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार भारत, क्यानडा, नेपाल लगायतका विज्ञहरुले नेपाली र हिन्दीमा शिक्षा दिनुहुनेछ । सो अवसरमा ६ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिंदै सिंहले वैज्ञानिक छलफल हुनुका साथै किसानसँग पनि छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग कुखुरा पालक किसानले प्रत्यक्ष सवलजवाफ गर्न पाउनु हुनेछ ।” जहाँ डिजिटल फोल्ट्रीफार्मदेखि सामान्यसम्मका विषयमा जानकारी दिईने छ ।

    भारतीय पोल्ट्री इक्युप्मेन्ट एसोसिएसनका उदय सिंहले हरेक किसान विदेश गएर ज्ञान, सीप र प्रविधिबारे जानकारी लिन नसक्ने भएकाले नेपालमा आएर विश्वस्तरको कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

    नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले कोभिडपछि सुस्ताएको पोल्ट्री व्यवसाय विस्तारै माथि उठ्न थालेको भन्दै थप चलायमान बनाउन एक्स्पो फलदायी हुने बताउनुभयो ।

    नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास र नविनतम प्रविधिको प्रयोग गरी व्यवसायिक विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उहाँको भनाई थियो ।

    एक्स्पोमा १५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोले भरतपुर भ्रमण वर्षलाई पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । एक्स्पोमा आउने प्रदर्शक र पाहुनाहरुले भरतपुरका ठूला होटलहरु भरिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.