जेठ १८, १९ र २० गते भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी
न्युजभित्तो/१७ जेष्ठ २०८१, बिहीबार १६:४३
चितवन, १७ जेठ । भोलि शुक्रबारबाट भरतपुरमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट एशोसिएसनको संयुक्त आयोजनामा “अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो २०२४” हुन लागेको हो ।
भरतपुरको चितवन एक्स्पो सेन्टरमा हुने एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ ।
एक्स्पोमा १५० स्टल रहने छन् । जहाँ नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत देशका स्टल रहने छ ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानहरुलाई एकै ठाउँमा सबै कुरा उपलब्ध हुने गरी पोल्ट्री पाठशाला सञ्चालन गरिने बताउनुभयो । उहाँले एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने, औषधि, दाना, चल्ला, खोर, फर्म लगायत सम्पूर्ण विषयको प्रविधि सहित किसानलाई शिक्षा दिने जानकारी दिनुभयो ।
उहाँले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन एक्स्पो फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा.सुरवीर सिंहले एक्स्पोमा तीन दिनको अवधिमा तीनै दिन पाठशाला सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार भारत, क्यानडा, नेपाल लगायतका विज्ञहरुले नेपाली र हिन्दीमा शिक्षा दिनुहुनेछ । सो अवसरमा ६ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिंदै सिंहले वैज्ञानिक छलफल हुनुका साथै किसानसँग पनि छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग कुखुरा पालक किसानले प्रत्यक्ष सवलजवाफ गर्न पाउनु हुनेछ ।” जहाँ डिजिटल फोल्ट्रीफार्मदेखि सामान्यसम्मका विषयमा जानकारी दिईने छ ।
भारतीय पोल्ट्री इक्युप्मेन्ट एसोसिएसनका उदय सिंहले हरेक किसान विदेश गएर ज्ञान, सीप र प्रविधिबारे जानकारी लिन नसक्ने भएकाले नेपालमा आएर विश्वस्तरको कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले कोभिडपछि सुस्ताएको पोल्ट्री व्यवसाय विस्तारै माथि उठ्न थालेको भन्दै थप चलायमान बनाउन एक्स्पो फलदायी हुने बताउनुभयो ।
नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास र नविनतम प्रविधिको प्रयोग गरी व्यवसायिक विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उहाँको भनाई थियो ।
एक्स्पोमा १५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोले भरतपुर भ्रमण वर्षलाई पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । एक्स्पोमा आउने प्रदर्शक र पाहुनाहरुले भरतपुरका ठूला होटलहरु भरिएका छन् ।