गृहमन्त्री रविको नाम नतोकी समिति बनाउन कांग्रेस तयार, कार्यदलले अन्तिम टुंगो लगाउने
न्युजभित्तो/१५ जेष्ठ २०८१, मंगलवार १२:३२
काठमाडौं, १५ जेठ । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेस अन्ततः व्यक्ति विशेषको नाम नतोकी संसदीय छानबिन समिति बनाउन सहमत भएको छ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी प्रकरणमा व्यक्तिको नाम नतोकी छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले भने,सहकारीको रकम जहाँजहाँ गएको छ त्यसलाई कानुनीरुपले हेर्ने,त्यसमा संलग्न व्यक्ति जोसुकै होस् उसका बारेमा छलफल हुने, छानबिन हुने, अनुसन्धान गर्नसक्ने स्थिति बनेको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा पुगेका छौं। अन्तिमरुप कार्यदलले दिन्छ।
पार्टी सभापति शेरबहादुर देउवा अस्वस्थ भएपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो। छानबिन समिति गठन गर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षी निष्कर्षउन्मु्ख रहेको बताउँदै नेता लेखकले लिपिवद्ध गर्न बाँकी रहेको बताए।