सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्तापक्षले विपक्षीको कुरा नसुन्नु अशोभनीयः नेता डा कोइराला


  •    न्युजभित्तो/१४ जेष्ठ २०८१, सोमबार १२:२७ 
  • काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको बताउनुभएको छ ।

    नेपाल विद्यार्थी सङ्घ आयुर्वेद क्याम्पस इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उहाँले प्रतिपक्षका कुरा नसुनेर अगाडि बढिरहेको सत्तापक्षले उल्टै कांग्रेसलाई संसदीय व्यवस्थाबारे सिकाउन खोज्नु शोभनीय नभएको बताउनुभयो । “संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरा सुन्दै नसुनी अगाडि बढ्न खोजेको छ”, डा कोइरालाले भन्नुभयो,“कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन पर्दैन । कांग्रेस आफ्नो अडानमा अडिग छ ।”

    नेता डा कोइरालाले सहकारीको रकम अपचलनका विषयमा कांग्रेसले उठाएको संसदीय छानबिन समिति गठनको माग छिटो सम्बोधन गरेर संसद्को गतिरोध अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभयो । “कांग्रेसलाई सरकारमा जाने हतारो छैन । हामी सत्ताभन्दा देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा स्पष्ट छौँ । त्यही नीतिअनुसार सहकारीको रकम हिनामिना हुँदा सरकार गम्भीर नभएकाले आफ्नो आवाज राखिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएकाले राज्यले आयुर्वेदिक विज्ञान क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्नेमा डा कोइरालाको जोड थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
    कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण
    इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार
    • ‘लालीबजार’ प्रदर्शनमा
    • लक्ष्मीपुरमा कृषि तथा पोषण मेला
    • चलचित्’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.