चितवनमा ‘देशका लागि युवाको खाँचो’ शीर्षकमा राष्ट्रिय कविता प्रतियोगिता हुने
न्युजभित्तो/१३ जेष्ठ २०८१, आईतवार १७:५६
चितवन, १३ जेठ । चितवनमा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित चम्पानगरमा रहेको नवसाहित्य मञ्जरीले यही जेठ २६ गते ‘देशका लागि युवाको खाँचो’ शीर्षकमा कविता प्रतियोगिता गर्न लागेको हो ।
आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी मौलिक साहित्यको प्रबद्र्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले कविता प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको छ । कविताको माध्यमबाट प्रतिभाको पहिचान गर्ने तथा उत्प्रेणा दिने र साहित्यको माध्यमबाट स्थानीय पर्यटनको प्रबद्र्धन गर्दै देशव्यापी रुपमा जागरण फैलाउन कविता प्रतियोगिता गर्न लागिएको संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागिताका लागि देशभरबाट संकलन गरेर उत्कृष्ट १० कवितालाई बाचनका लागि आमन्त्रण गरिने छ । जेठ २० गतेबाट कविता संकलन गरिने छ । डिजिटल माध्यबाट कविता संकलन गरिने अध्यक्ष रेग्मीले सो अवसरमा बताउनुभयो । जिल्ला बाहिरका कविहरुलाई आवासीय सुविधा सहित यातायातको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १५ हजार र सान्तोना पुरस्कार २ जनाले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । निर्णायकको रुपमा ३ सदस्य मूल्यांकन समिति बनाईएको छ । प्रतियोगितामा उत्कृष्ट हुने कवितालाई संस्थाको मुखपत्र, स्थानीय तथा राष्ट्रिय पत्रिकामा प्रकाशन गरिने सो अवसरमा जानकारी दिएको छ ।