सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ‘देशका लागि युवाको खाँचो’ शीर्षकमा राष्ट्रिय कविता प्रतियोगिता हुने


  •    न्युजभित्तो/१३ जेष्ठ २०८१, आईतवार १७:५६ 
  • चितवन, १३ जेठ । चितवनमा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित चम्पानगरमा रहेको नवसाहित्य मञ्जरीले यही जेठ २६ गते ‘देशका लागि युवाको खाँचो’ शीर्षकमा कविता प्रतियोगिता गर्न लागेको हो ।

    आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी मौलिक साहित्यको प्रबद्र्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले कविता प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको छ । कविताको माध्यमबाट प्रतिभाको पहिचान गर्ने तथा उत्प्रेणा दिने र साहित्यको माध्यमबाट स्थानीय पर्यटनको प्रबद्र्धन गर्दै देशव्यापी रुपमा जागरण फैलाउन कविता प्रतियोगिता गर्न लागिएको संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले जानकारी दिनुभयो ।

    प्रतियोगितामा सहभागिताका लागि देशभरबाट संकलन गरेर उत्कृष्ट १० कवितालाई बाचनका लागि आमन्त्रण गरिने छ । जेठ २० गतेबाट कविता संकलन गरिने छ । डिजिटल माध्यबाट कविता संकलन गरिने अध्यक्ष रेग्मीले सो अवसरमा बताउनुभयो । जिल्ला बाहिरका कविहरुलाई आवासीय सुविधा सहित यातायातको व्यवस्था गरिएको छ ।

    प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १५ हजार र सान्तोना पुरस्कार २ जनाले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । निर्णायकको रुपमा ३ सदस्य मूल्यांकन समिति बनाईएको छ । प्रतियोगितामा उत्कृष्ट हुने कवितालाई संस्थाको मुखपत्र, स्थानीय तथा राष्ट्रिय पत्रिकामा प्रकाशन गरिने सो अवसरमा जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.