सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घरेलु टोलीलाई स्तब्ध पार्दै पुलिसले उचाल्यो जेसीज विकास रनिङ शिल्डको उपाधी


  •    न्युजभित्तो/१० कार्तिक २०७६, आईतवार ०७:४४ 
  • चितवन । घरेलु टोली चितवन–११ लाई स्तब्ध पार्दै विभागीय टिम नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

    शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाई–ब्रेकरका आधारमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो ।

    टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जीत हात पारेको हो । चितवनका कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार विफल भयो भने सुधांश महतो र अजय गुरुङको प्रहार भने गोल भएको थियो । तर पुलिसका तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोलमा परिणत भएको थियो ।

    जीतसँगै पुलिसले रु छ लाख छ हजार ६६६ र रनिङ शिल्ड प्राप्त गरेको छ । उपविजेता बनेको चितवन–११ ले रु तीन लाख तीन हजार ३३३ पुरस्कार र उपविजेता शिल्ड प्राप्त गरेको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान बेस्ट प्लेयर बन्नुभयो भने उहाँले रु २५ हजार नगद पुरस्कार पाउनुभयो ।

    त्यस्तै उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुधन चौधरी बन्नुभयो । उत्कृष्ट रक्षक बनेका चितवनका सुधांश महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवन–११ का रुमेश बर्तौला र अनुशासित टिम घोषित जावलाखेल फूटबल क्लबले रु १५÷१५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

    फाइनल खेलको म्यान अफ दी म्याच बनेका पुलिसका डिफेण्डर मानबहादुर विश्वकर्माले रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । गत असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा कूल १० टिम सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.