सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कपको उद्घाटन, आज उद्घाटन खेल


  •    न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार २०:१२ 
  • भरतपुर, २८ वैशाख । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भएको छ । आज शुक्रबारबाट सुरु भएको लिगको उद्घाटन खेलमा स्टेप बाई स्टेप र ओम शान्ति एकेडेमीले गोलरहित बराबरी गर्दै अंक बाँडेका छन् । दुबै टिमले पाएका केही अवसर खेर फाल्दा अंक बाँड्न वाध्य भएका हुन् ।

    लिगमा शनिबार कुनै खेल हुने छैन । आइतबार भने दुई खेल हुनेछ । आइतबार समूह एका ढड्डाघारी मावि र गौरीगन्ज मावि भिड्नेछन् । खेल दिउँसो ४ः३० बजे कृष्णपुरको मैदानमा हुनेछ । सोही समयमा समूह बीका ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ मावि भिड्ने छन् । खेल अमर मावि पाटिहानीमा हुनेछ ।

    ्चितवन जिल्ला फुटबल संघ सहआयोजक रहेको लिग जेष्ठ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । छ समूहबाट समूह विजेतामध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् । बाँकी दुई समूह विजेता र छ समूह उपविजेता गरी आठ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।

    यस अघि लिगको उद्घाटन गर्दै महानगर प्रमुख रेणु दाहालले यस लिगले राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । दाहालले दैनिक भइरहेका खेलकुद प्रतियोगिताले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताउनुभयो ।

    मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल वाईवी पौडेलले सेन्ट्रल कलेजले शिक्षा र खेलकुद क्षेत्रका लागि योगदान गर्दै आएको बताउनुभयो । उहाँले चितवनको समग्र खेल क्षेत्रमा सेन्ट्रल कलेज सधैं साथमा रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले नयाँ प्रतिभा उत्पादन गर्न योगदान दिनु हुँदा सेन्ट्रल कलेज मुख्य प्रायोजक बनेको न्यूजभित्तोलाई बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.