सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कपको उद्घाटन, आज उद्घाटन खेल


  •    न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार २०:१२ 
  • भरतपुर, २८ वैशाख । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भएको छ । आज शुक्रबारबाट सुरु भएको लिगको उद्घाटन खेलमा स्टेप बाई स्टेप र ओम शान्ति एकेडेमीले गोलरहित बराबरी गर्दै अंक बाँडेका छन् । दुबै टिमले पाएका केही अवसर खेर फाल्दा अंक बाँड्न वाध्य भएका हुन् ।

    लिगमा शनिबार कुनै खेल हुने छैन । आइतबार भने दुई खेल हुनेछ । आइतबार समूह एका ढड्डाघारी मावि र गौरीगन्ज मावि भिड्नेछन् । खेल दिउँसो ४ः३० बजे कृष्णपुरको मैदानमा हुनेछ । सोही समयमा समूह बीका ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ मावि भिड्ने छन् । खेल अमर मावि पाटिहानीमा हुनेछ ।

    ्चितवन जिल्ला फुटबल संघ सहआयोजक रहेको लिग जेष्ठ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । छ समूहबाट समूह विजेतामध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् । बाँकी दुई समूह विजेता र छ समूह उपविजेता गरी आठ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।

    यस अघि लिगको उद्घाटन गर्दै महानगर प्रमुख रेणु दाहालले यस लिगले राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । दाहालले दैनिक भइरहेका खेलकुद प्रतियोगिताले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताउनुभयो ।

    मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल वाईवी पौडेलले सेन्ट्रल कलेजले शिक्षा र खेलकुद क्षेत्रका लागि योगदान गर्दै आएको बताउनुभयो । उहाँले चितवनको समग्र खेल क्षेत्रमा सेन्ट्रल कलेज सधैं साथमा रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले नयाँ प्रतिभा उत्पादन गर्न योगदान दिनु हुँदा सेन्ट्रल कलेज मुख्य प्रायोजक बनेको न्यूजभित्तोलाई बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.