सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी किनारमा महाआरती


  •    /१३ बैशाख २०७६, शुक्रबार १५:४४ 
  • चितवन । नारायणी नदी किनारमा गण्डकी, नारायणी महाआरती शुरु गरिएको छ । गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले यही वैशाख १ गतेदेखि हरेक साँझ सूर्यास्तको समयमा महाआरती शुरु गरेको हो ।

    नारायणगढबजार नजिकै नारायणी किनारमा महाआरती शुरु गरिएको हो । परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजका अनुसार शुरुमा नारायणी नदी तिरमा जलसँगै रहेर बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गर्ने गरिन्छ । त्यसलगत्तै नजिकै धार्मिक विधिअनुसार करीब ५० मिनेटसम्म आरती गरिने उहाँले बताउनुभयो । सो क्रममा आरतीसँगै मन्त्र उच्चारण गरी कलाकारद्वारा सङ्गीतमय आरती भजनकीर्तन गर्ने गरिन्छ ।

    आरतीमा तीन पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने उहाँले बताउनुभयो । आरतीले पितृमोक्षका साथै मनोकामना पूरा हुने शास्त्रीय विश्वास रहेको भारद्धाजले बताउनुभयो । उहाँका अनुसार आरतीका लागि मासिक रु एक लाख ८० हजार हाराहारी खर्च हुने अनुमान छ । हालसम्म खर्चको व्यवस्थापन परिषद्ले गर्दै आएको भए पनि यसलाई अखण्ड बनाउनका लागि दाताको भर पर्नुपर्ने देखिएको छ ।

    नेपालका पशुपति र जनकपुरको गङ्गासागरमा नित्य सन्ध्या आरती हुँदै आएको छ । भारतको हरिद्वार र बनारसमा पनि नियमित आरती हुने गर्दछ । नारायणीमा शुरु गरिएको आरतीलाई सामुदायिक बनाउन स्थानीय आमा समूह एवम् सङ्घसंस्थालाई पत्राचारसमेत गरेको उहाँले बताउनुभयो । सनातन संस्कृतिको संरक्षणका साथै नदी संरक्षणका लागि महाआरती थालिएको उहाँको भनाइ छ । महाआरतीको समयमा स्थानीय भक्तजन अवलोकनका लागि ठूलो सङ्ख्यामा सहभागी हुन थालेका परिषद्ले जनाएको छ । यसले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.