चितवन, १४ वैशाख । काठमाण्डौं र पोखरामा सेवा दिंदै आएको फुडमाण्डुले चितवनको सेवा चितवनमा पनि शुरु भएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरापछि चितवनमा फुडमाण्डुले सेवा विस्तार गरेको हो ।
रेष्टुरेन्टबाट खाना डेलिभरी गर्ने फुडमाण्डुले सेवा विस्तार गरेको अवसरमा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी फुडमाण्डुको सेवा विस्तारबारे जानकारी दिएको हो । सेवाग्राहीले फुडमाण्डुको मोबाइल एप र बेवसाइटमार्फत खाना अर्डर गर्न सक्ने कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहरा अधिकारीले जानकारी दिनुभयो । फुडमाण्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा देशका प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको उहाँको भनाई छ ।
चितवनमा सेवा विस्तारको प्रारम्भिक चरण रहेकोले अहिलेसम्म २५ भन्दा बढी होटल तथा रेष्टुरेन्ट आबद्ध भइसकेको भन्दै उहाँले भन्नुभयो “सुरुवाती चरणमा भरतपुरबाट १० किमीसम्म अर्डर डेलिभरी गरेका छौँ । यसलाई अझ बढाउँदै लैजानेछौँ ।” फुडमाण्डुले खाना डेलिभरी गरेबापत सम्बन्धित रेष्टुरेन्ट व्यवसायीसँग सेवा शुल्क लिन्छ भने सेवाग्राहीसँग दुरी र अर्डरको आधारमा डेलिभरी चार्ज लिने उहाँले जानकारी दिनुभयो ।
अधिकारीले भन्नुभयो “फुडमाण्डुले आँफै खाना बनाउँदैन । रेष्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्छ । फुडमाण्डुसँग अहिलेसम्म एक हजार भन्दा बढी रेष्टुरेन्टहरु आबद्ध रहेका छन् ।”
फुडमाण्डु सन् २०१० मा स्थापना भएको अनलाइन फुड डेलिभरी कम्पनी हो । यसको मोबाइल एप सन् २०१५ मा लन्च भएको हो । सन् २०२१ मा काठमाडौँ उपत्यका बाहिर पोखरामा सेवा विस्तार गरेको फुडमाण्डुले त्यसको तीन वर्षपछि चितवनमा सेवा विस्तार गरेको छ ।
कार्यक्रममा रेष्टुरेन्ट एण्ड बार एशोसियसन चितवनका अध्यक्ष अच्युतराज भट्टले फुडमाण्डुको विस्तारले सिथिल बनेको चितवनको हस्पिटालिटी क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँका होटल तथा रेष्टुरेन्ट चौबीसी घण्टा सञ्चालन गर्ने वातावरण तयार गर्न आग्रह गर्नुभयो । भरतपुर भ्रमण वर्ष चलिरहँदा यहाँ आउने पर्यटकले रात्रीकालिन सेवा पाउनु पर्ने भन्दै उहाँले काठमाण्डौं र पोखरा जस्तै चितवनका रेष्टुरेन्ट पनि चौबीसी घण्टा सञ्चालन गर्न पाउनु पर्ने माग गर्नुभयो ।