सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री पौडेल देवघाटधाम र बागेश्वरी क्षेत्रको निरीक्षणमा


  •    न्युजभित्तो/९ कार्तिक २०७६, शनिबार १४:३७ 
  • चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज देवघाटधाम र बागेश्वरी क्षेत्रको निरीक्षण गरी यहाँको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

    मुख्यमन्त्री पौडेलले देवघाटमा कल्पबास सडक तथा दुई प्रदेश जोड्ने मैत्रीसाँघु निर्माणका सम्बन्धमा चासो देखाउनु भएको थियो । मुख्यमन्त्री पौडेललाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले वर्तमान अवस्था र भए गरिएका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

    सो क्षेत्रको निरीक्षणपश्चात मुख्यमन्त्री पौडेलले देवघाट क्षेत्रलाई प्रदेश नं ३ ले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले देवघाटको विकास निर्माणमा एकरुपता र निर्माण संहिता बनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेलले बागेश्वरी क्षेत्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै योगी नरहरिनाथ प्राकृतिक अस्पताल प्रदेश नं ३ कै नमूना प्राकृतिक अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेलगायतको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.