सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपन्नलाई यसरी सघाउनुपर्छ


  •    /१३ बैशाख २०७६, शुक्रबार १५:३८ 
  • दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा तीन सय घरपरिवारको बीमा गराएको हो ।

    आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ६ वडाबाट ५०÷५० घरधुरी छनोट गरी स्वास्थ्य बीमा गराइएको छ । स्वास्थ्य बीमाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा सात लाख ५० हजार रुपैयाँ लगानी गरेको छ ।

    गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । आर्थिक रूपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट बञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिनुभयो । वार्षिक रूपमा तीन सय घरपरिवारको सात लाख ५० हजार शुल्क गाउँपालिकाले बेहोर्नेछ ।

    तनहुँमा विसं २०७४ भदौ १ गतेबाट स्वास्थ्य बीमा शुरुआत भएको थियो । तनहुँ जिल्लामा हालसम्म १० हजारभन्दा बढी घरधुरी स्वास्थ्य बीमामा आबद्ध भइसकेका स्वास्थ्य बीमा कार्यालय तनहुँले जनाएको छ । तनहुँमा दमौली अस्पताल, बन्दीपुरस्थित बन्दीपुर अस्पताल, भिमादस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, भानु नगरपालिकाका पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गृहमन्त्रालय बाट भेट्ने समय नपाएपछि सिंहदरबारको गेटमै पानीमा रुझ्दै बसे निहारिका र बिनु
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
    ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?
    • बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
    • मधेश प्रदेशसभा: बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
    • गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
    • राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.