सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बार्सिलोनामा नेपालीहरुले नेपाल तथा भरतपुर भ्रमणको बाँडे निम्तो


  •    न्युजभित्तो/११ बैशाख २०८१, मंगलवार ११:१९ 
  • स्पेन, ११ बैशाख । नेपाल तथा भरतपुर भ्रमणका लागि स्पेनमा रहेका नेपालीहरुले निम्तो बाँडेका छन् । बार्सिलोना स्थित साग्रदा फामिलिया अगाडि बार्सिलोना नगरपालिका, साँस्कृतिक विभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजनामा आयोजित झनेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमञ मार्फत नेपालीहरुले भ्रमणको निम्तो बाँडेका हुन् ।

    ४ सय बढी विदेशी पर्यटकलाई भरतपुर भ्रमण वर्षको पीन समेत हस्तान्तरण गर्दै गन्तव्यबारे जानकारी गराएका छन् । कार्यक्रममा नेपाली विभिन्न जातजाती, भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय,तामाङ समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदायहरू, मोना स्पेन ,नेपाली पाठशालाका ससाना कलाकार नानिबाबुहरूले आ आफ्नो प्रस्तुतीहरू देखाएका थिए । करिव १० हजार पर्यटकले कार्यक्रमको अवलोकन गरेको नेपाली जनप्रगतिशील मञ्च स्पेनका महासचिव तथा कार्यक्रमका संयोजक सुर्य प्रसाद सापकोटा धिरजले जानकारी दिए ।

    साँस्कृतिक कार्यक्रम सहित नेपाल पर्यटन बोर्डले तयार गरेका नेपालका गन्तव्य सम्बन्धि प्रचार सामाग्रीहरू, भरतपुर महानगरपालिकाले तयार गरेका भिजिट भरतपुर २०२४ सम्बन्धि प्रचार सामाग्रीहरू झन्डा, पोष्टर, लोगो , पम्पेलहरू, भिजिट नेपाल लेखेका टिसर्टहरू ,पोस्टरहरू, नेपाली झन्डा, ढाका टोपी सहितका स्टलमा विदेशी पर्यटकको बाक्लो भिड देखिएको थियो । मञ्चका अध्यक्ष विशाल ढुङ्गानाले नेपाल र भरतपुर घुम्न धेरै पर्यटक आतुर रहेको बताए । झकला सँस्कृति, गन्तव्यबारे धेरै पर्यटकले चासो लिएका थिएञ, ढुङ्गानाले भने, झस्पेनबासी, स्पेन घुम्न आएका धेरै पर्यटकले यहि वर्षभित्रै घुम्ने चाहना राखेका छन् ।ञ सालैजो, कौडा, जनजातिका भेषभुषा, नेपाली नृत्य देखेर पर्यटक रमाएका थिए । नेपाली स्टलमा नेपाली मौलिक खानाका स्वादको अनुभव समेत पर्यटकहरुले लिएका छन् । ढुङ्गानाका अनुसार भरतपुर भ्रमणका लागि धेरै पर्यटकले समुहगत जाने योजना पनि बनाएका छन् । १ सय ४१ वर्ष पहिले शिलान्यास भएर निर्माणकै चरणमा रहेको बहुचर्चित चर्च साग्रदा फामिलिया हेर्न आएका अधिकाँस पर्यटकहरु नेपालीहरुको आयोजना गरेको कार्यक्रममा झुमेका थिए ।नेपाली जन प्रगतिशील मञ्च युरोपका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका सदस्य गंगा प्रसाद भुसालले रोजगारीका लागि विदेशमा आएपनि मेरो देश घुम्न जानू भनेर सन्देश दिनु महत्त्वपूर्ण काम भएको बताए । एन आरएनए स्पेनका अध्यक्ष पेशल कुमार कोईरालाले नेपाली एकजुट हुँदै देशको माया उजागर गरिनु गौरवपूर्ण रहेको बताए ।

    एनआरएनए निवर्तमान आईसिसि सदस्य दिनेश कुमार गिरीले नेपालमा पर्यटकको संख्या बढाउन प्रवासीले पनि भुमिका खेल्न सक्ने बलियो उदाहरण भएको बताए । प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदारनाथ ढुंगाना, जनसम्पर्क समिती स्पेनका सभापति सन्तोष श्रेष्ठ, स्वतन्त्र पार्टी विदेश विभाग स्पेनका सभापती भोला लामिछानेले नेपाल मन पराउने पर्यटकलाई विदेश रहेका नेपालीहरु सूचना केन्द्र सरह रहेको टिप्पणी गरेका थिए ।
    नेपालको पर्यटन प्रवर्द्धनका लागि स्पेनमा बेलाबखत कार्यक्रमहरु हुँदै आएका छन् । गायिका सुमि गुरुङले विदेशमा रहेका नेपाली कलाकारले मञ्च पाउँदा निकै खुशी लागेको बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.