सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इच्छाकामनाको थाप्राङ-तिपाङ जोड्ने झोलुङ्ग पुल निर्माण


  •    न्युजभित्तो/१० बैशाख २०८१, सोमबार ११:२७ 
  • भरतपुर , १० वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ । बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताउनुभयो ।

    चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । अध्यक्ष गुरुङले भन्नुभयो, “पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ ।” पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ ।

    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताउनुभयो । “तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्”, उहाँले भन्नुभयो, “यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ ।” पुल निर्माणका लागि २०७८ सालमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । “भौगोलिक विकटताका कारण निर्धारित समयमा सम्पन्न हुन सकेन”, बस्नेतले भन्नुभयो, “अझै पनि यहाँ बिजुली र बाटोघाटोको समस्या छ । जनश्रमदानबाट पुल निर्माण गरिएको हो । फलामको काम बाहेक सबै स्थानीय सामग्री र श्रमदान प्रयोग गरिएको छ ।”

    धादिङबाट चितवन आउनुभएका राजेश चेपाङ पुल निर्माण भएपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताउनुभयो । उहाँले पहिले बर्खाको समयमा आवतजावत बन्द हुने गरेको अनुभव सुनाउँदै पुल बनेपछि निकै खुसी लागेको बताउनुभयो । थाप्राङ माइत भएकी सुनिता चेपाङ पुल नहँुदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने भएकाले खुसी लागेको बताउनुभयो । उहाँले पहिलोपटक पुल तरेर आउँदा निकै उत्साहित भएको बताउनुभयो । गाउँपालिका, जिल्ला समन्वय समिति र सहभागि नेपाल संस्थाको करिब रु ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.