भरतपुरका विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने
न्युजभित्तो/१० बैशाख २०८१, सोमबार ११:१९
चितवन १० वैशाख ।भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर इण्डियन पेन्सन क्याम्पदेखि, क्यान्सर अस्पताल, तेह्रसाल चोक, सिताराम चोक र तोरीखेत लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो ।
११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यको लागि विद्युतीय संरचनाहरु सार्नुपर्ने भएकाले दुई दिन विद्युत अवरुद्ध हुने भएको वितरण केन्द्रले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने छ ।निर्धारित समय अगावै काम सकिएमा छिटो लाइन चालु हुन सक्ने बताइएको छ ।