सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौंलाई पनि उछिन्दै भरतपुर सबैभन्दा प्रदूषित सहर बन्यो, वायु प्रदूषण उच्च


  •    न्युजभित्तो/९ बैशाख २०८१, आईतवार १३:२४ 
  • चितवन ९ ,बैशाख । पछिल्लो एक महिनायता काठमाडौंसहित देशका केही सहरहरूमा वायु प्रदूषण उच्च बनेको छ । वातावरण विभागको सूचकांकमा आइतबार चितवनको भरतपुर सबैभन्दा प्रदूषित सहरमा सूचीकृत छ । विभागका अनुसार भरतपुरमा आज बिहान ११ः४५ बजे वायुको गुणस्तर सूचकांक एक्यूआई २२२ पुगेको छ । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एक्यूआई ११५ देखि १५३ सम्म पुगेको छ ।

    विभागको सूचकांकले मुगुको रारामा समेत डढेलोका कारण एक्यूआई १५३ पुगेको छ । यस्तै, पोखरामा समेत एक्यूआई १४० पुगेको विभागको रेकर्ड छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार आइतबार बिहान ११ः३० बजे विश्वका १२२ सहरहरूमध्ये काठमाडौं दोस्रो प्रदूषित नम्बरमा सूचीकृत छ ।

    काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई १९५ सम्म पुगेको विभागको रेकर्ड छ । एक्यूआई शून्यदेखि ५० सम्मको ९हरियो० रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्मको ९पहेँला० भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।

    यस्तै, १५१ देखि २०० सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.