सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : काँग्रेस महामन्त्री कोइराला


  •    न्युजभित्तो/९ कार्तिक २०७६, शनिबार १३:४९ 
  • चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताउनुभयो ।

    प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उहाँले त्यो स्वतन्त्रतामा नै रहनुपर्छ भन्नुभयो । अहिलेको सरकारले प्रेसलाई सङ्कुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उहाँले त्यसको आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ ।”

    देश समृद्ध बनाउनका लागि विदेशमा रहेका ५० लाख भन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उहाँले नेपालमा अहिले भएका सबै विकास काङ्ग्रेसका पालामा भएको दाबी गर्नुभयो । अहिले दुईतिहाइको सरकार भएर पनि कुनै देश विकासका लागि स्पष्ट दृष्टिकोण र सपना नभएको उहाँको टीप्पणी थियो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकको समृद्धि प्रेस स्वतन्त्रताबिना सम्भव नरहेको बताउनुभयो । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    युनियनले गत वर्षबाट काग तिहारका दिन सेलरोटी खाएर शुभकामना आदान–प्रदान गर्न शुरु गरेको हो । कागलाई सन्देश वाहकका रुपमा लिइँदै आइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.