सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर भ्रमण वर्षको प्रवद्र्धनको लागि देवघाट–हलेसी–सगरमाथा मोटर र्‍याली सुरु


  •    न्युजभित्तो/५ बैशाख २०८१, बुधबार १५:३५ 
  • चितवन, ५ वैशाख । भरतपुर भम्रण वर्ष–२०२४ को प्रर्वद्धनका लागि देवघाट–हलेसी–सगरमाथा मोटर र्‍याली सुरु भएको छ मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्दश्यले नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा) वाग्मती प्रदेश र चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसन काडाद्वारा संयुक्त रुपमा मोटर र्‍यालीको सुरुवात गरिएको हो ।

    आजबाट सुरु भएको र्‍याली दुई रात तीन दिनको हुनेछ । ¥यालीको उद्घाटन गर्दै भरतपुर महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यस्ता खालका र्‍यालीहरु अति नै महत्वपूर्ण रहने बताए । उनले भने, ‘देवघाट–हलेसी–सगरमाथा जस्ता अति पवित्र क्षेत्रहरुको विकास र प्रवद्र्धन गर्न र त्रिकोणात्मक पर्यटन ट्रयाक निर्माण गर्न र्‍याली फलदायी हुन्छ ।’

    भरतपुर देवघाटदेखि सुरु भएको र्‍याली हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिब ३२७ किमी ट्रयाकमा सेल्फी टिडिएस, र्‍याली प्रतियोगिता हुने नासा नेपाल बाग्मती प्रदेश संघ तथा चितवन अटोमोबाइल्स डिलर्स एसोशियशन (काडा चितवन) का अध्यक्ष राजन पियाले जानकारी दिए ।

    प्रतियोगितामा २५ देखि ३० वटा गाडी सहभागी भएका छन् । यस्तै खोटाङको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता सञ्चालन गर्ने तयारी समेत गरिएको उनले जानकारी दिए ।

    ‘मोटर लिको रेसिङको विधा अन्र्तगत टीडीएस ¥याली अन्तर्गत गन्तव्यसम्म पुग्नको लागि विभिन्न चेक प्वान्इटहरु निर्धारण गरी बाटोको प्रकृति अनुसार अधिकतम गति दिएको हुन्छ’ अध्यक्ष पियाले भने । सहभागीहरु मध्ये जो गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा पुग्छ खेल उसैले जित्छ ।

    सो कार्यक्रमका विजेताले शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिकहरुको सहभागिता रहने छ । प्रतियोगिताको समापन भने ओखलढुंगाको ढापमा हुनेछ ।

    एक दशकदेखि नेपालमा समेत सुरुवात भएको मोटर स्पोट्र्सको दर्जनौ इभेन्टहरु अहिले चितवनमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तिनाथ मोटर र्‍याली नेपाल अटो जिमखाना प्रतियोगिता सफलतासाथ सम्पन्न भएको थियो ।
    त्यस्तै मोटर रेसिङको सर्ट सर्किट विधा अटो जिम खाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरी कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.