सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निकुञ्जभित्र तार पड्किँदा माडीमा पुनः विद्युत अवरुद्ध, आज सुचारु हुने टुंगो छैन


  •    न्युजभित्तो/५ बैशाख २०८१, बुधबार १३:२७ 
  • चितवन,५ वैशाख । चितवन राष्ट्रिय निकुञ्जभित्र विजुलीको भूमिगत तार (केबल) पड्किँदा माडीमा विद्युत सेवा पुनः अवरुद्ध भएको छ । यसअघि सोमवार राति पनि भूमिगत तार पड्किएको थियो । मर्मतपछि मंगलवार साँझ ५ बजेदेखि विद्युत सुचारु भएको थियो । आज बुधवार बिहान करिब २ बजेको समयमा केबल पुनः पड्किएर विद्युत अवरुद्ध भएको हो ।

    नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकेको छ । यद्यपी आज दिनभर विद्यतु सुचारु हुने टुंगो नरहेको चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर विनोद सापकोटाले बताए ।आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत सप्लाई गर्न सकिन्छ कि भन्ने छ । अहिल्यै भन्न सक्ने अवस्था छैन’, उनले भने । निकुञ्जभित्रको भूमिगत तार पड्किँदा माडीमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

    निकुञ्जभित्र ८ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सब प्रशारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भएपनि फिल्डमा काम सुरु भइसकेको छैन । निकुञ्जभित्र भूमिगत तार मर्मत गर्न सहज छैन ।पटक–पटक बिजुली अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन, उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चार माध्यम लगायत सबै क्षेत्र प्रभावित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.