सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान


  •    न्युजभित्तो/४ बैशाख २०८१, मंगलवार १४:४६ 
  • काठमाडौं, ४ वैशाख । जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान भएको छ। सोमबार सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक संसदमा पेश गरिरहँदा विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का प्रहार गरेको सिएनएनले जनाएको छ।

    मडिनाराड्जे ‘विदेशी एजेन्ट’लाई नियमन गर्ने विधेयक रोष्ट्रममा प्रस्तुत गर्दै थिए। त्यहीबेला दौडिँदै आएका प्रतिपक्षी दलका नेता एलिसाश्विलीले उनीमाथि मुक्का प्रहार गरेका हुन्।

    त्यसपछि त्यहाँ हानाहानको स्थिति बनेको भिडिओ बाहिरिएको छ। सिएनएनका अनुसार उक्त विधेयकले विदेशबाट ‘फण्ड’ लिने संस्थाहरूले विदेशी एजेन्टको रूपमा दर्ता गराउनुपर्ने नभए जरिवाना तिर्नुपर्ने भनिएको छ।

    यस विधेयकलाई जर्जियामा रूसी विधेयक भनेर आलोचना समेत गरिएको छ। पाँच हजारभन्‍दा बढी प्रदर्शनकारीले जर्जियाको संसद भवन अगाडि प्रदर्शन गरेका थिए।

    मुक्का प्रहार गरेको घटनापछि बाहिर प्रदर्शन गरिरहेकाहरूले पनि समर्थन गरेका थिए। यस विधेयकलाई पश्चिमी राष्ट्रहरूले पनि समर्थन गरेका छैनन्।

    यसबारे जर्जियाका प्रधानमन्त्री इराक्ली कोबाखिड्जेले सोमबार नै इयू, बेलायत र अमेरिकी राजदूतहरूसँग यस विधेयकबारे छलफल गरेको बताएका थिए। त्यस छलफलमा पनि किन समर्थन नगरेको भन्नेबारे भने नखुलाएको सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.