सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तर प्रदेश खेलकुदः महिला फुटबलको उपाधि कोशीलाई


  •    न्युजभित्तो/२ बैशाख २०८१, आईतवार १४:५१ 
  • भरतपुर (चितवन), २ वैशाख चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलअन्तरले पराजित गर्दै कोशीले उपाधि जितेको हो ।

    प्रतियोगिताको १२औँ मिनेटमा कोशी प्रदेशका लागि जेनिफर रानामगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । कोशीको जित पक्का गर्न खेलको ३८औँ मिनेटमा समीक्षा रानामगरले दोस्रो गोल गर्न सफल भइन् ।

    उत्कृष्ट प्रर्दशन गरेकी कोशीकी सिम्रन राई ‘प्लेयर अफ दी म्याच’ हुन सफल भइन् । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर कोशी प्रदेशका कुश्मा राई, उत्कृष्ट गोलरक्षक कोशीका सुशीला केसी, उत्कृष्ट प्रशिक्षक कोशीका सुरेन्द्र तमाङ र उत्कृष्ट मिडफिल्डर भने सुदूरपश्चिम प्रदेशका बिर्सना चौधरी भइन् ।

    प्रतियोगिताको उपाधि जित्न सफल कोशी र उपविजेता सुदूरपश्चिम प्रदेशलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेल भइरहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.