सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज बिहान घरबाहिर गोली चलेपछि बढाइयो सलमान खानको सुरक्षा व्यवस्था


  •    न्युजभित्तो/२ बैशाख २०८१, आईतवार ११:१५ 
  • नयाँ दिल्ली, २ वैशाख । बलिउड सुपरस्टार सलमान खानको सुरक्षा व्यवस्था कडा पारिएको छ । अभिनेताको घरबाहिर गोली हानाहान भएपछि उनको सुरक्षा कसिलो पारिएको हो । आज बिहान ४ बजेर ५५ मिनेटमा उनको घरबाहिर गोली चलेको थियो । मुम्बईको बान्द्रा क्षेत्रमा रहेको अभिनेताको ग्यालेक्सी अपार्टमेन्ट बाहिर मोटरसाइकलमा आएका दुई अज्ञात आक्रमणकारीले ३–५ राउन्ड गोली हानेका थिए ।

    सलमान खानलाई पहिला नै राज्यले वाई प्लस सुरक्षा दिँदै आएको थियो । यस घटनापछि सलमान खान र उनको घर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । वाई प्लस सुरक्षामा ११ सुरक्षाकर्मीहरूले सुरक्षा दिन्छन् । यसमा २ देखि ४ जना सीआरपीएफ वा सीआईएसएफ कमाण्डो र पुलिसहरू हुन्छन् । यस घटनामा कसैलाई घाउचोट लागेको छैन ।

    यसअघि पनि आएको थियो खानलाई धम्की

    सलमान खानलाई यसअघि पनि पटकपटक ज्यान मार्ने धम्की आएको थियो । ग्याङ्स्टार लरेन्स बिश्नोईले सलमानलाई मार्ने धम्की दिएका छन् । एक अन्तरवार्तामा पनि उनले आफ्नो जीवनको उद्देश्य सलमान खानलाई मार्नु भएको खुलासा गरेका थिए । लरेन्सको धम्कीपछि मुम्बई प्रहरीले सलमान खानको सुरक्षाको समीक्षा गरेको थियो । गत वर्ष पनि सलमान खानको अफिसमा धम्कीपूर्ण इमेल पठाइएको थियो । यसपछि ग्याङ्स्टर लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित गर्गविरुद्ध मुद्दा दर्ता गरिएको थियो । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.