सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी: एउटीको मात्रै भयो बिहे


  •    न्युजभित्तो/२९ चैत्र २०८०, बिहीबार १५:५७ 
  • काठमाडौँ, २९ चैत । टाउको दुईवटा तर शरीर एउटै । जन्मिंदा नै शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी एबी हेन्सल र ब्रिटनी हेन्सल । तीमध्ये बायाँतर्फ रहेकी एबिले एकजना पूर्वसैनिक तथा नर्स जोश बाउलिंगसँग बिहे गरेकी छिन् । उसो त उनको बिहे सन् २०२१ मै भएको थियो, तर यसको खुलासा हालैमात्र भएको हो।

    अमेरिकाको मिनिसोटामा बस्ने यी जुम्ल्याहा हाल ३४ वर्षका भए । सन् १९९६ मा ओपरा विन्फ्रे शो मा अतिथिको रुपमा आएपछि उनीहरुको चर्चा संसारभर चुलिएको थियो । पछि उनीहरुको आफ्नै टिएलसी रियालिटी सिरिज आयो । जसमा उनीहरुले आफ्नो दैनिक जीवनलाई प्रस्तुत गर्दथे । एबी हेन्सेलले आफ्नो फेसबुकको प्रोफाइल तस्वीर परिवर्तन गरेकी छिन् । आफ्नो उक्त फेसबुक अकाउन्ट उनले जुम्ल्याहा बहिनी ब्रिटनीसँग शेयर गर्दछिन् ।

    उनको फेसबुक प्रोफाइलमा राखिएको सो तस्वीर बिहे समारोहको जस्तो देखिन्छ । त्यसमा जुम्ल्याहाले बिहेको गाउन लगाएका छन् । बेहुलाले चाहिं खैरो रंगको सूट लगाएका छन् । तस्वीरमा उनीहरु एक अर्कातर्फ हेर्दै हात समाएका छन् । त्यसअघि एउटा भिडियो क्लिप सार्वजनिक भएको थियो जसमा यो जोडीले बिहेको रिसेप्सनमा नाचिरहेको देखिन्थ्यो ।

    समाचार अनुसार यी जुम्ल्याहाले अमेरिकाको मिनिसोटामा बच्चाहरुलाई पढाउने काम गर्दछन् । डेलीमेलले इन्स्टाग्राममा एउटा भिडियो पनि शेयर गरेको छ । जसमा उनीहरुले बच्चाहरुलाई पढाइरहेको देखिन्छ ।

    भिडियोको क्याप्सनमा लेखिएको छ(आपसमा जोडिएका जुम्ल्याहा एबी र ब्रिटनीले आफूहरूले बच्चालाई कसरी पढाउँछन् भन्ने कुरा रियालिटी शो मा देखाइरहेका छन् । जुम्ल्याहामध्येकी एबी अहिले विवाहित भैसकेकी छिन् । किनकि उनले आफ्ना प्रेमी जोश बाउलिंगसँग गोप्य रुपमा बिहे गरिन् ।

    एबी र ब्रिटनीलाई डाइसफ्यालसका कारण जोडिएका जुम्ल्याहा हुन् । उनीहरुले टाउको बाहेक शरीरका सबै अंग शेयर गर्दछन् । एबिले शरीरको दाहिने हिस्सा नियन्त्रण गर्छिन् भने ब्रिटनीले बायाँ हिस्सा नियन्त्रण गर्छिन् । यौनांगलगायतका अंगहरू चाहिं एउटै छन् ।

    सन् १९९० मा जन्मिएका एबी र ब्रिटनीका मातापिता प्याटी र माइकल हेन्सलले जुम्ल्याहा बच्चालाई छुट्टाउनका लागि शल्यक्रिया नगर्ने निर्णय गरेका थिए । त्यसो गर्दा छोरीहरु बाँच्ने सम्भावना निकै कम रहेको हुँदा उनीहरुले छोरीहरुको शल्यक्रिया नगर्ने फैसला गरे । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.