सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तर प्रदेश राष्ट्रिय खेलकुद : ब्याडमिन्टनमा कोसी प्रदेशको वर्चस्व


  •    न्युजभित्तो/२९ चैत्र २०८०, बिहीबार १४:२२ 
  • भरतपुर (चितवन), २९ चैत । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन खेलमा कोसी प्रदेशले वर्चस्व जमाएको छ ।

    भरतपुर कवर्डहलमा आज सम्पन्न फाइनल खेलमा सात इभेन्टस्मध्ये चार इभेन्टस्मा कोशीले स्वर्णपदक जितेको छ । महिला सिङ्गलतर्फ कोसीकी सीमा राजवंशीले स्वर्णपदक जित्नुभयो भने मिक्स डबलमा कोशीका विशाल तामाङ र सीमा राजवंशीको जोडीले स्वर्णपदक जित्नुभयो । पुरुष र महिला टिम इभेन्टमा पनि कोसी प्रदेशले नै स्वर्णपदक जितेको छ ।

    पुरुष डबलतर्फ गण्डकीलाई विशाल खड्का र सुजन थापाको जोडीले स्वर्णपदक दिलायो भने महिला डबलतर्फ दिलासा राना र तिलमाया रानाले गण्डकीलाई स्वर्णपदक दिलाउनुभयो । वाग्मती प्रदेशका लागि एकमात्र स्वर्णपदक पुरुष सिङ्गलतर्फ राजु गरञ्जाले दिलाउनुभयो । उहाँले फाइनल प्रतिस्पर्धामा गण्डकीका सुजन थापालाई पराजित गर्दै स्वर्णपदक जित्नुभएको हो । विजेताहरुलाई आजै पुरस्कार प्रदान गरिएको छ ।

    भलिबलतर्फ आज क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । गेष्टहाउस चौरमा भएको क्वाटरफाइनलमा विजयी हुँदै पुरुषतर्फ कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । महिलातर्फ लुम्बिनी र गण्डकी, वाग्मती र कर्णाली सेमिफाइनलमा भिड्नेछन् । दुवैतर्फका सेमिफाइनल खेल भोलि बिहान हुनेछन् ।

    यस्तै औद्योगिक प्रदर्शनी केन्द्रमा जारी बक्सिङ खेलका पुरुष र महिला दुवैतर्फका सेमिफाइनल खेल सम्पन्न भएका छन् । भोलि सबै फाइनल खेल हुनेछन् ।
    बखान स्मृति रङ्गशाला जारी महिला फुटबलतर्फ आज पहिलो सेमिफाइनल जीत निकाल्दै कोसी प्रदेश फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै कोसीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    दोस्रो सेमिफाइनलमा भोलि कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । प्रथम अन्तर प्रदेश खेलकुदअन्तर्गत महिला क्रिकेट, तेक्वान्दो, कराते र पौडी प्रतियोगिता बुधबार सम्पन्न भइसकेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.