सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विक्रम बाबा मेला सुरु


  •    न्युजभित्तो/२६ चैत्र २०८०, सोमबार १५:५७ 
  • मुग्लिन (चितवन), २६ चैत। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजदेखि विक्रम बाबा मेला सुरु भएको छ । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले आज संयुक्त रुपमा विक्रम बाबाको पूजा आराधना गरी शुभारम्भ गर्नुभएको हो ।

    मेला १५ दिनसम्म चल्नेछ । चैतेदसँैंलाई लक्षित गरी हरेक वर्ष चैत आँैंसिदेखि पूणिर्मासम्म मेला लाग्छ । विक्रम बाबाको दर्शन गर्न आउने भक्तजनहरुका लागि राप्ती नदीमा डुङ्गाको व्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो ।

    जसका लागि सहज रुपमा निकुञ्ज खुल्ला समेत गरिएको छ । साथै मेलामा आउने भक्तजनको सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणले विशेष सुरक्षा व्यवस्था लागू गरेको प्रमुख सेनानी एवं गणपति विकास अधिकारीले बताउनुभयो ।

    चैते दसैँमा हजारौंँ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजन आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।

    विक्रम बाबाको पूजा परापूर्वकालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढेको देखिन्छ । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ति, सुखलगायत मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

    किवंदन्तीअनुसार वनाम गरेको आदीबासीको (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

    विक्रमबाबा अद्भूत क्षमताका व्यक्ति हुनुहन्थ्यो । उहाँँले जल, जमिन र जङ्गललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारू समुदायको कल्याण गर्दै आएका आउनुभएको थियो । विक्रम बाबामा आएर पूजाआजा गरेर स्मरण गरेपछि सन्तान प्राप्त हुने धार्मिक विश्वास छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.