सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, विनोद चौधरी १ हजार ७ सय ६४ औं स्थानमा


  •    न्युजभित्तो/२१ चैत्र २०८०, बुधबार १२:२२ 
  • काठमाण्डौ, २१ चैत । फोर्ब्स म्यागजिनले डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। फोर्ब्सले यो वर्षको मार्चदेखि स्टक मूल्य र विनिमय दरहरूको आधारमा विश्वका डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको हो।

    यो वर्ष डलर अर्बपतिहरूको संख्या १४१ जना बढेको छ। अघिल्लो वर्ष २ हजार ६४० जना डलर अर्बपति रहेकामा यसपालि बढेर २ हजार ७८१ जना पुगेका छन्।

    लुई भिटन तथा सेफोरा लगायतका ७५ वटा फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड अर्नाल्ड यसपालि पनि धनाढ्यहरूको सूचीको पहिलो नम्बरमै छन्।

    फ्रेन्च अर्बपति बर्नार्डको २२३ बिलियन डलर रहेकको फोर्ब्सले उल्लेख गरेको छ। टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क सूचीको दोस्रो नम्बरमा छन्। उनको सम्पत्ती १९५ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ।

    तेस्रोमा जेफ बेजोस र चौथोमा मार्क जुकरबर्ग छन्। भारतका मुकेश अम्बानी नवौं नम्बरमा छन्। उनको सम्पत्ति ११६ बिलियन रहेको फोर्ब्सले उल्लेख गरेको छ।

    नेपालको एकमात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन्। उनको सम्पत्ति १।८ बिलियन डलर रहेको उल्लेख छ।

    यसपालि डलर अर्बपतिहरूको सम्पत्ति समग्रमा १४।२ ट्रिलियन डलर पुगेको छ। यो भनेको अघिल्लो वर्षको भन्दा २ ट्रिलियन डलर बढी हो।

    डलर अर्बपतिहरुको कुल संख्यामध्ये ८१३ जना अमेरिकी छन्। चीनका ४७३ र भारतका २ सय जना छन्। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.