सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाजामा ६०० इजरायली सैनिकको मृत्यु


  •    न्युजभित्तो/१९ चैत्र २०८०, सोमबार ११:४९ 
  • जेरुसेलम, १९ चैत । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ ।

    इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको थियो ।
    हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ ।

    यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।

    गाजामा चलिरहेको यस भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.