प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यकार डीआर पोखरेल सहित विभिन्न स्रष्टा सम्मानित
न्युजभित्तो/१८ चैत्र २०८०, आईतवार १९:३८
चितवन, १८ चैत । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममाझ स्रस्टाहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रगतिशील साहित्यकार एवं पत्रकार डीआर पोखरेललाई ‘चित्रवन प्रज्ञा पुरस्कार २०८०’ द्वारा सम्मानित गरिएको छ । भरतपुर महानगर वा चितवनलाई आधार बनाई त्यहाँको भाषा–साहित्य, कला–संस्कृतिको खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका कृतिहरुमध्येबाट पोखरेलको अनुसन्धनात्मक कृति ‘संस्कृतिका सोपानमा चितवन’ लाई उत्कृष्ट कृतिको रुपमा चयन गर्दै प्रतिष्ठानले सो पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी पचास हजार अठहत्तर रुपैयाँ रहेको छ ।
प्रज्ञा परिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा “प्रथा”लाई सम्मान गरिएको हो । थापालाई ५० हजार ७८ रुपैयाँ नगद सहित सम्मान गरिएको हो । त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्रा डा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । भरतपुर १२ निवासी बानियाँलाई ५० हजार ७८ रुपैयाँ नगद सहित सम्मान गरिएको छ ।
त्यस्तै वागीश्वरी प्रज्ञा पुरस्कार सिम्रन क्षेत्रीको ‘झुमर’ उपन्यासलाई दिइएको छ । भरतपुर १ निवासी क्षेत्रीलाई २५ हजार ७८ रुपैयाँ सहित सम्मान गरिएको छ । भरतपुर प्रज्ञा पुरस्कार (काव्य) पुरस्कार जगन्नाथ पण्डितको ‘घरबारीमा तोरी फुल्यो’ कविता सङ्ग्रहलाई दिइएको छ । पुरस्कारको राशि २५ हजार ०७८ रहेको छ ।
भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेव खनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ । उक्त पुरस्कार राशी २५ हजार ७८ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथा सर्वोकृष्ट बनेको थियो । लम्साललाई ४० हजार ०७८ र प्रमाणपत्रले पुरस्कृत गरियो ।
लमजुङकी अनिता पन्थीको मृत्युको अपिल शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई ३० हजार ०७८ रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरियो । त्यस्तै काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेको छ । खड्कालाई २० हजार ०७८ र प्रमाणपत्रले पुरस्कृत गरियो ।
त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को पहिचान र राधिका कल्पित (राधिका गौतम पौडेल) को अब लजाउँदैन लज्जावती शीर्षकका कथाले प्रोत्साहन स्थान हासिल गरे । दुबैलाई जनही १० हजार ०७८ र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
प्रतिष्ठानले “मेरो सपनाको भरतपुर” शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिता २०८० आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारी रविको निबन्ध सर्वोकृष्ट घोषित रहेको थियो । तिवारीले १० हजार ७८ र प्रमाणपत्र प्राप्त गर्नुभयो । अनुस्का न्यौपानेको निबन्ध उत्कृष्ट रह्यो । उहाँ ८ हजार ७८ र र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । उहाँलाई ६् हजार ७८ र प्रमाणपत्र प्रदान गरिएको छ भने प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही ४ हजार ७८ रुपैयाँ प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सदस्य सचिव थपलियाले जानकारी दिनुभयो ।
चितवन, १८ चैत । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममाझ स्रस्टाहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रगतिशील साहित्यकार एवं पत्रकार डीआर पोखरेललाई ‘चित्रवन प्रज्ञा पुरस्कार २०८०’ द्वारा सम्मानित गरिएको छ । भरतपुर महानगर वा चितवनलाई आधार बनाई त्यहाँको भाषा–साहित्य, कला–संस्कृतिको खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका कृतिहरुमध्येबाट पोखरेलको अनुसन्धनात्मक कृति ‘संस्कृतिका सोपानमा चितवन’ लाई उत्कृष्ट कृतिको रुपमा चयन गर्दै प्रतिष्ठानले सो पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी पचास हजार अठहत्तर रुपैयाँ रहेको छ ।
प्रज्ञा परिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा “प्रथा”लाई सम्मान गरिएको हो । थापालाई ५० हजार ७८ रुपैयाँ नगद सहित सम्मान गरिएको हो । त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्रा डा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । भरतपुर १२ निवासी बानियाँलाई ५० हजार ७८ रुपैयाँ नगद सहित सम्मान गरिएको छ ।
त्यस्तै वागीश्वरी प्रज्ञा पुरस्कार सिम्रन क्षेत्रीको ‘झुमर’ उपन्यासलाई दिइएको छ । भरतपुर १ निवासी क्षेत्रीलाई २५ हजार ७८ रुपैयाँ सहित सम्मान गरिएको छ । भरतपुर प्रज्ञा पुरस्कार (काव्य) पुरस्कार जगन्नाथ पण्डितको ‘घरबारीमा तोरी फुल्यो’ कविता सङ्ग्रहलाई दिइएको छ । पुरस्कारको राशि २५ हजार ०७८ रहेको छ ।
भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेव खनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ । उक्त पुरस्कार राशी २५ हजार ७८ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथा सर्वोकृष्ट बनेको थियो । लम्साललाई ४० हजार ०७८ र प्रमाणपत्रले पुरस्कृत गरियो ।
लमजुङकी अनिता पन्थीको मृत्युको अपिल शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई ३० हजार ०७८ रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरियो ।
त्यस्तै काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेको छ । खड्कालाई २० हजार ०७८ र प्रमाणपत्रले पुरस्कृत गरियो ।