सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशीटप्पु लगिएको भाले गैँडा ‘मेघौली’ चितवन फिर्ता


  •    न्युजभित्तो/१५ चैत्र २०८०, बिहीबार १२:१७ 
  • चितवन १५,चैत । चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा लगिएको मेघौली तीन दिनको कोसी टप्पु बसाइपछि पुनः चितवन फिर्ता ल्याइएको छ । चितवनको सौराहाबाट चैत्र १० गते कोसी टप्पु वन्यजन्तु आरक्षको पथरी पोस्टमा लगिएको मेघौली बिरामी भएपछि पुन चितवन फिर्ता गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख रमेश यादवले जानकारी दिनुभयो ।

    प्रमुख यादवका अनुसार मेघौली कोशी टप्पु आएदेखि नै राम्ररी खाना नखाने र स्वास्थ्यमा समस्या आएपछि उपचार गर्न चितवन पठाइएको हो । कोशी टप्पुमा मेघौलीको उपचार सम्भव नभएपछि उपचारका लागि चितवनबाट स्वास्थ्यकर्मी, प्राविधिकहरुको टोली ट्रक लिएर कोशी टप्पु पुगेका थिए । मेघौलीलाई बुधवार ट्रकमा राखेर स्वास्थ्यकर्मीसहित चितवन ल्याइएको छ ।

    चितवनबाट खोरमा राखे कोशी टप्पु स्थानान्तरण गर्दा भाले गैँडा मेघौलीलाई शरीरका केही भागमा चोट लागेको थियो । वन्यजन्तुको अस्पताल सौराहामा रहेकाले उपचारमा सहज हुने भएपछि फिर्ता गरिएको छ । उपचारका लागि चितवन ल्याइएको मेघौली डाक्टरको पेस्क्रिप्सनपछि मात्रै कोशी टप्पु लैजाने प्रमुख यादवले बताउनु भयो ।

    चितवनबाटै लगिएको पोथी गैँडा पुष्पा र अञ्जलीसँग राख्न चितवनको सौराहाबाटै चैत्र १० गते मेघौलीलाई लगिएको थियो । मेघौली भाले गैँडालाई वन तथा वातावरण मन्त्री माननीय नवलकिशोर शाह सुडीले स्वागत गरेर कोशीटप्पु वन्यजन्तु आरक्षलाई हस्तान्तरण गर्नुभएको थियो ।

    मान्छेको सामीप्यमा हुर्किएको मेघौली कोशी टप्पुको वातावरणमा घुलमिल हुन नसक्दा खोरै भत्काएर बाहिर निक्लिने गरेको मेघौलीको मुखमा समेत घाउ भएको थियो । यसअघि असोज १० मा चितवन राष्ट्रिय निकुञ्जबाटै पुष्पा र अञ्जली नाम गरेका दुई ओटा पोथी गैँडालाई आरक्षमा लगिएको थियो । जैविक विविधता संरक्षण केन्द्रमै हुर्किएका पुष्पा र अञ्जली दुई ओटा पोथी गैँडा मात्रै भएपछि कोशी टप्पुमा वंश विस्तार गर्न विरु अर्थात् भाले मेघौलीलाई कोशी टप्पुमा लगिएको थियो ।

    प्राविधिकको विस्तृत अध्ययन र मन्त्रालयको निर्णयअनुसार भाले गैँडा मेघौलीलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको थियो । छ महिनाअघि लगिएको चार की पुष्पा र अडाइ वर्षकी अञ्जली कोशी टप्पुमा सधाएपछि मेघौलीलाई पनि कोशी टप्पुमा सारिएको थियो ।

    अर्ना (जङ्गली भैँसी) र चराको लागि प्रख्यात रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा पुष्पा र अञ्जलीको आगमनपछि गैँडाको वंश विस्तार गर्न मेघौलीलाई ल्याइए पनि स्वास्थ्य अवस्थाको कारण फिर्ता गरिएपछि अब आरक्षमा पुष्पा र अञ्जली मात्रै रहेका छन् ।

    फिर्ता गरिएको गैँडा छ वर्षअघि पश्चिमी चितवनको मेघौली क्षेत्रमा फेला परेकाले गैँडाको नाम नै मेघौली राखिएको थियो । मेघौली क्षेत्रबाट सौराहा ल्याइएको भाले गैँडालाई राष्ट्रिय प्राकृतिक संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रको संरक्षणमा पाउडर दुध खुवाएर मान्छेकै पेरिफेरिमा हुर्काइएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.