चितवनको हात्तीवाङमा चट्याङ लागेर एकै घरका तीन जना घाइते
न्युजभित्तो/१३ चैत्र २०८०, मंगलवार १३:१७
चितवन,१३ चैत ।चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित एक घरमा गएराति चट्याङ लागेर तीन जना घाइते भएका छन्।स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमवार राति ११ बजेको समयमा चट्याङ परेको हो ।चट्याङबाट सोमबहादुरकी उनकी श्रीमति ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा चेपाङ र १२ वर्षीय छोरा रामबहादुर चेपाङ घाइते भएका चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
सानुमाया र मनिषा सामान्य घाइते भएको र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए ।छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको र उनको आधारभुत स्वास्थ्य केन्द्र कुरिनटारमा उपचार भइरहेको उनले बताए । चट्याङबाट एक कोठे कच्ची घर पनि नष्ट भएको छ ।