सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी किनारमा आज एलिना र हाउडेको प्रस्तुति रहने


  •    न्युजभित्तो/१३ चैत्र २०८०, मंगलवार ११:२५ 
  • चितवन,१३ चैत । पछिल्लो समय ‘कट्टा हान्दिन्छु’ बोलको गीत निकै चर्चामा छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो गीतलाई थप प्रचार पुगेको छ। केही समयअघि ‘धोकेबाज हौ तिमी’ बोलको गीतले चर्चित बनेकी गायिका एलिना चौहान पछिल्लो समय कट्टा हान्दिन्छु बोलको गीतबाट थप चर्चामा छिन्।तिनै गायिका मङ्गलबार नारायणी नदी किनार आउँदै छिन्। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिसद् चितवनले आयोजना गरेको प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवका लागि उनी चितवन आउन लागेकी हुन्। उनीसँगै हाँस्यकलाकार दिनेश काफ्ले ‘हाउडे’ले पनि मञ्च साझा गर्नेछन

    महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरका अनुसार दिनभर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कलाकारहरूको प्रत्यक्ष दोहोरीसँगै स्थानीय कलाकारहरूले प्रस्तुति दिने छन्। साथमा आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न खालका नृत्यमार्फत मञ्च तताउने योजना रहेको साँस्कृतिक कार्यक्रम संयोजक रानामगरले जानकारी दिए। सोमबार चर्चित गायिका ज्योति मगरले मञ्च तताएकी थिइन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.