सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय भलिबल : एपिएफ क्लब तेस्रो


  •    न्युजभित्तो/९ चैत्र २०८०, शुक्रबार १४:५५ 
  • काठमाडौँ, ९ चैत । नेपाल एपिएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा डायमण्डलाई ३–१ सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । खेलमा एपिएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पा¥र्यो । त्यसैगरी खेलको दोस्रो सेट भने डायमण्डले २५–२३ ले जित्दै खेललाई एक–एक सेटको बराबरीमा ल्यायो ।

    त्यसपछिको तेस्रो र चौथो सेट भने एपिएफले आफ्नो पक्षमा पार्न सफल भयो । एपिएफले तेस्रो सेट २५–१४ ले जित्यो भने चौथो सेट २५–२१ आफ्नो पक्षमा पा¥यो । उक्त प्रतियोगिताअन्र्गत महिलातर्फको उपाधिका लागि भने विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि हुनेछ । 

    नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको पुरुष र महिलातर्फको विजेताले समान रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार पाउने छन् ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.