सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खुला लनटेनिस स् पुरुष एकलतर्फको उपाधि प्रदीप खड्काले जिते


  •    न्युजभित्तो/९ चैत्र २०८०, शुक्रबार १४:०८ 
  • काठमाडौँ, ९ चैत । नेपाल एपिएफ क्लबको आयोजनामा भएको १२ औँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि प्रदीप खड्काले जितेका छन् । 

    हल्चोकस्थित नेपाल एपिएफ क्लबको लन टेनिस कोर्टमा आज भएको फाइन खेलमा प्रदीपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् । सोही विधाको महिलातर्फको खेलमा अभिलासा विष्टले उपाधि जितिन् । उनले माहिका राणालाई ६–२ र ६–४ ले पराजित गरी उपाधि जितेकी हुन् 

    त्यसैगरी मिक्स डबलमा रितिक राना र अभिलाषा विष्टको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधि जित्न सफल भए । ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भीष्मजङ्ग गुरुङलाई ६–३ र ६–० ले र ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ इलुम दिक्षित र जितेन्द्र परियारको जोडीले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडीलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि हात पारे । 

    ४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ कमलबहादुर भण्डारी र उत्तम शेर्पाको जोडीले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ६–३ र ७–५ ले पराजित गरी उपाधि जितेका छन् ।

    यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा विमल वाइबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ विमल वाइबा र हिमाल शाहको जोडीले कमल थापा र छम्बा ढुण्डुपको जोडीलाई ६–३ र ६–४ ले पराजित गरी उपाधि जितेका छन् ।

    त्यस्तै ६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा कमल थापाले मनोज राणालाई ४–१ र ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङको जोडिले विक्रम गुरुङ र चन्द्रबहादुर थापाको जोडीलाई ६–२, २–६ र १०–७ ले पराजित गरी उपाधि जितेका छन् । 

    विजेता खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार प्रदान गर्नुभयो । उहाँले खेलकुदले सङ्गठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । खेल प्रतिभामा निखारपन ल्याउन यस्ता प्रतियोगिता फलदायी रहने महानिरिक्षक अर्यालले विश्वास व्यक्त गर्नुभयो ।

    यही चैत ४ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न ११  विधामा प्रतिस्पर्धा गरिएको थियो । एक सय ६२ जना खेलाडी प्रतिस्पर्धामा सहभागी थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.