सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० स्थानभित्र नेपाल


  •    न्युजभित्तो/७ चैत्र २०८०, बुधबार १२:०८ 
  • काठमाडौँ, ७ चैत । हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० स्थानभित्र नेपाल पनि परेको छ । नेपाल यो सूचीमा आठौँ स्थानमा रहेको छ । स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले बंगलादेशको हावा सबैभन्दा खराब छ। त्यसपछि क्रमशः छिमेकी मुलुक पाकिस्तान र भारत रहेका छन् । रिपोर्टका अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको छ ।

    चौथो स्थानमा तजिकस्तान, पाँचौँ स्थानमा बुर्किना फासो, छैटौँ स्थानमा इराक र सातौँ स्थानमा यूएई रहेका छन् । नवौँ स्थानमा इजिप्ट रहँदा दशौँ स्थानमा डेमोक्रिटक रिपब्लिक अफ कङ्गो रहेको छ । चीन १९ औँ स्थानमा रहँदा अमेरिका १ सय २ औँ स्थानमा छ ।

    प्रतिवेदनका अनुसार विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको छ । यसमा अस्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्ड पर्छन्।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.