सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ मुग्लिन सडकखण्डमा थप तीन पुल


  •    न्युजभित्तो/६ चैत्र २०८०, मंगलवार १३:३१ 
  • चितवन, ६ चैत । नारायणगढ मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उहाँले भन्नुभयो “आज र भोलि कालोपत्र सकिन्छ । पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ ।”

    हाल भित्तो काटेर झारिएको तुइन पुलको जग निर्माण भइरहेको छ । मुग्लिन नजिकको खरहे पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । यो पुलको पहुँच सडकमा ‘वाल’ उठाएर कालोपत्र र रङरोगको काम बाँकी छ । उहाँका अनुसार छ महिनाभित्रमा यी दुवै पुल सम्पन्न हुनेछन् ।

    काली र नाम्ची दुई वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँको बताउनुभयो । यी पुलको पहुँचमार्गमा नाला, कालोपत्र र रङरोगनको काम मात्रै बाँकी रहेको आचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यसअघि सो सडकखण्डमा १२ वटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डमा कूल १९ पुल छन् । तीमध्ये चार वटा पहिले नै निर्माण भएका थिए ।

    यस सडकखण्डमा विसं २०७६ चैतदेखि विश्व बैंकको सहयोगमा १५ वटा पुल निर्माण थालिएको थिए । सडक चौडा भएपछि पुल निर्माण गरिएको हो । सडक विस्तार गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । राजधानी प्रवेशको ‘लाइफलाइन’का रुपमा यो सडकलाई लिने गरिन्छ ।  रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.