सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृष्णसार स्थानान्तरणका लागि पूर्वाधार तयार


  •    न्युजभित्तो/६ चैत्र २०८०, मंगलवार १३:११ 
  • भरतपुर, ६ चैत ।  चितवनमा कृष्णसार स्थानान्तरणका लागि विद्युतीय तारबार जडान गरिएको छ । रत्ननगर नगरपालिकास्थित टिकौली चौरमा रहेको १९ दशमलव ८३ हेक्टर क्षेत्रफलमा कृष्णसार स्थानान्तरणका लागि बासस्थानको सुरक्षार्थ विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन) जडान गरिएको हो ।

    विद्युतीय तारबार जडानसँगै यहाँ कृष्णसार स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको रत्ननगरका नगर प्रमुख प्रल्हाद सापकोटाले बताउनुभयो । टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

    टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुई पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । कृष्णसारलाई चितवन ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको हो । नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्नेछ । रत्ननगरको गौरवको योजनाअन्तर्गत छ भाले र १२ पोथी गरी १८ कृष्णसार स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सापकोटाले बताउनुभयो ।

    कृष्णसार स्थानान्तरणका लागि नगरपालिकाले रु तीन करोड बढी खर्च गरिसकेको नगर उपप्रमुख यादव पाठकले बताउनुभयो । उहाँले यो महिनाभित्र कृष्णसार ल्याउनेगरी काम भइरहेको जानकारी दिनुभयो । यही चैत ७ गतेदेखि इलेक्ट्रिक फेन्स लाइनमा विद्युत् प्रसारण गरिने भएकाले सो क्षेत्रमा प्रवेश नगर्न नगरवासीलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

    कृष्णसारलाई सुरक्षित तरिकाले राख्नका लागि पूर्वाधार निर्माणमा रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट रु एक करोड ५५ लाख पाँच हजार नौ सय १६ लगानी गरिसकेको पूर्वाधार शाखाका इन्जिनियर शङ्करबहादुर कुँवरले जानकारी दिनुभयो । पूर्वप्रमुख संरक्षण अधिकृत वर्णबहादुर थापाले कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताउनुभयो ।

    उहाँका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिराका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो । विसं २०७७ मा अध्ययन सुरु भएर विसं २०७८ देखि कृष्णसार ल्याउनका लागि पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो ।

    कृष्णसारको बासस्थानका लागि खुला घाँसेमैदान भएको ठाउँ उपयुक्त मानिन्छ । यसले काँस, दुबो, सिरु मन पराउँछ । कृष्णसारका लागि बयरको दाना र बुबुल पनि उपयुक्त घाँस हो । टिकौली चौरमा कृष्णसारलाई मन पर्ने बयरलगायत जातका बिरुवासमेत रापिएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत नारायण रुपाखेतीले जङ्गल र झाडी भएको ठाउँ कृष्णसारका लागि उपयुक्त नभएको बताउँदै खुला तथा घाँसेमैदान उपयुक्त हुने बताउनुभयो । कृष्णसार ल्याउन लागिएको टिकौली क्षेत्रमा ७० प्रतिशत घाँसेमैदान रहेको उहाँले जानकारी दिनुभयो ।

    कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो । कुनै समय नेपालको तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार पछिल्लो समय भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो । नेपालमा कृष्णसारको सङ्ख्या चार सय ५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बर्दियामा एक सय ९६ र कञ्चनपुरको शुक्लाफाँटामा दुई सय ५६ कृष्णसार छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.