सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” चैत १० मा


  •    न्युजभित्तो/४ चैत्र २०८०, आईतवार १३:३२ 
  • चितवन , ४ चैत ।  चितवनको भरतपुरमा “तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” हुने भएको छ ।
    भरतपुर भम्रण बर्ष २०२४ को अवसर पारेर साईकल सिटिको रुपमा भरतपुरलाई विकास गर्न प्रतियोगिता गर्न लागेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य एवंम् कार्यक्रम संयोजक सन्तुकुमार दरैले जानकारी दिनुभयो ।

    प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगरको प्रर्वद्धकमा प्रतियोगिता भरतपुरमा चैत १० गते बिहान ८ वजे भरतपुरको पुन्यवती ताल गणेशधाममा हुनेछ । भने गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्र प्रतियोगिता हुनेछ ।
    प्रतियोगिताको पूर्व सन्ध्यामा यहि चैत ९ गते विहान ७ बजे प्रतियोगिताको पहिलो दिन बृहत् साईकल र्याली र दोश्रो दिन तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८० सुरु हुने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा १ सय जना बढी खेलाडीहरुको सहभागीता हुने अपेक्षा आयोजकको छ ।

    प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडको सहयोग तथा नेपाल साईक्लिङ संघको प्राविधिक सहयोग रहेको छ ।

    साईक्लिङ प्रतियोगितामा ४ किलोमिटरसम्मको रेस र्कोषमा डेढ घण्टा रेस हुने आयोजकले जनाएको छ । जसमा प्रतियोगिले ७ देखि ८ पटकसम्म परिक्रममा गर्नेछन् । प्रतियोगितामा पुरुष एलाईट, महिला एलाईट, मेन मास्टर, जुनियर मेन र महिला पुरुष चितवन विशेष विधा रहेका छन् ।

    प्रतियोगितामा पुरुष एलाईट तथा महिला एलाईटतर्फको विधामा १७ बर्ष भन्दा माथिका महिला तथा पुरुषले सहभागिता जनाउने पाउनेछन् । मेन मास्टर विधामा ४० बर्ष भन्दा माथीका जुनियर मेन विधामा १७ र १८ बर्षमा र महिला पुरुष चितवन विशेष विधा रहेको कार्यक्रम संयोजक सन्तुकुमार दरैले बताउनुभयो ।

    प्रतियोगितामा पुरुष र महिला एलाईटमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । भने मेन मास्टरमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, जुनियर मेनमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र र महिला पुरुष चितवन विशेष विधामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    बृहत् साईक्ल र्याली नारायणी नदी किनारबाट सुरु भई आँटारी, केन्द्रिय बसपार्क, हाकिमचोक, चौविसकोठी, सहिदचोक, पुलचोक हुदै पुन नारायणी नदी किनारमा पुगेर सकिने सहसंयोजक श्रेष्ठले बताउनुभयो ।
    क्यान्सर पीडितहरुलाई सहयोग गर्न, युवाहरुलाई साईक्लिङमा प्रोत्साहन गर्न तथा चितवनमा यस खेलका प्रतिभा पहिचान गर्नका लागि हरेक बर्ष प्रतियोगिता आयोजना गरिरहेको प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेनु दाहालले बताउनुभयो ।
    हरेक बर्ष साईक्लिङ खेलालाई प्रर्वद्धन हुने लक्ष्यका साथ प्रज्ञा स्मृतिले साईक्लिङ विधामा विभिन्न प्रतियोगिता गराउदै आएको छ । गत बर्ष मात्रै यहाँ प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन सम्पन्न गरिसकेको थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!
    • असिनाले ७४ सवारीसाधनमा क्षति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.