सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा दुई ठूला फुटबल प्रतियोगिता


  •    न्युजभित्तो/३० फाल्गुन २०८०, बुधबार १२:१२ 
  • चितवन, ३० फागुन । चितवनको भरतपुरमा दुई ठूला खेलकुद प्रतियोगिताहरु सञ्चालन भइरहेका छन । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर १० स्थित प्रहरी शिक्षालयमा र भरतपुर १९ को शारदानगरमा फुटबल प्रतियोगिता सञ्चालन भइरहेका हुन ।

    दुबै प्रतियोगिता भरतपुर भ्रमण बर्षलाई लक्षित गरेको आयोजना गरिएको छ । प्रहरी शिक्षालयमा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियन कप २०८० र शारदानगरमा सेन्ट्रल कलेज दोस्रो बखानकप २०८० आयोजना गरिएको हो । प्रहरी शिक्षालयमा चितवन एक्स आइ क्लबको आयोजना र शारदानगरमा युवा तथा खेलकुद विकास समिति भरतपुर १९ र शारदानगर भूतपूर्व सैनिक कल्याणकारी संस्थाको आयोजनामा प्रतियोगिता गरिएको हो ।

    दुई प्रतियोगितामा जिल्ला भित्र र बाहिरका विभिन्न टिमको सहभागिता रहेको छ । खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्दै आइरहेको केलजले पछिल्लो समय दुई ठूला प्रतियोगिताको आफ्नै टाइटलसहितको मुख्य प्रायोजन गरेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिनुभयो ।

    उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भाषा कक्षा र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको सेन्ट्रल कलेजले यसअघि भरतपुर महानगरपालिका १० का सबै टोल विकास संस्थालाई जर्सी सहयोग गरेको छ । सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले २७ वटै टोलको जर्सी वडाध्यक्ष परमेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको थियो । यस्तै कलेजले चितवनबाट प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि छनोट भएका सबै खेलाडिहरुलाई जर्सी सहयोग गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

    कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान,अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापनिज, कोरियन भाषा ,आइएलटिएस ,पिटिइ कक्षाहरु र निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.