भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै साइकल र्याली हुँदै
न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १४:५५
भरतपुर, १८ फागुन । भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै नारायणगढको एमटिबी बगले साइकल र्याली गर्ने भएको छ । यहीँ फागुन २५ गते ‘घुमौं भरतपुर’ अभियानलाई टेवा पुर्याउन साईकल र्याली गर्न लागिएको एमटिबी बगले जनाएको छ ।एमटिबीका सदस्य विश्व शाहीका अनुसार कूल ९० किलोमिटर यात्राको साइकल र्याली गर्न लागिएको हो । उद्योग वाणिज्य संघको कार्यालय परिसरबाट नारायणगढ बजार परिक्रमा गर्दै बेलचोकबाट सानोगढी, गाजीपुर, गोलाघाट, चितवन राष्ट्रिय निकुञ्ज, कसरा–जगतपुर, अम्ब्रेला स्ट्रिट, पटिहानी–छितामाई थान हुँदै बरण्डाभारबाट सौराहा पुगेर समापन गरिने उनले बताए । र्यालीमा सहभागी हुन जिल्लाभित्रका सहभागी सदस्यहरूलाई एक हजार ५०० र बाहिरका सदस्यको लागि दुई हजार ५०० रूपैयाँ शुल्क तोकिएको छ । त्यसमध्ये महिला सहभागीका लागि ४० प्रतिशत छूटको व्यवस्था गरिएको एमटिबीका अर्का सदस्य प्रवीण श्रेष्ठले बताए । उद्योग वाणिज्य संघबाट २५ गते बिहान ७ बजे साइकल र्याली निस्किने छ । र्यालीमा चितवन र अन्य जिल्लाका करिब एक सय ५० राइडरहरु सहभागी हुने एमटिबी बगका सदस्य सुदीप कर्मचार्यले जानकारी दिए । सहभागी हुन चाहने राइडरहरुले २० गतेसम्म नाम दर्ता गराउन सक्ने उनले जानकारी दिए ।