दर्ता नभएका भिटामिन र फूड सप्लिमेन्ट सिफारिस नगर्न चिकित्सकलाई चेतावनी
न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार ११:३०
चितवन, १८ फागुन । औषधि व्यवस्था विभागमा दर्ता नभएका भिटामिन र फूड सप्लिमेन्टहरु किन्न विरामीलाई सिफारिस नगर्न भरतपुर अस्पतालले चिकित्सकहरुलाई चेतावनी दिएको छ ।
चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न सूचना नै जारी गरेको छ ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले बिहीबार सूचना जारी गरी यस्ता वस्तु प्रेस्क्राइब नगर्न भनेका छन् ।
अस्पतालको औषधि तथा उपचरात्मक समिति (ड्रग एण्ड थेराप्यूटिकल कमिटी)को निर्णय अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएकोछ ।सूचना अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी अस्पतालले दिएको छ ।