सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले सहयोग गरे नेपाली औषधि विदेश निर्यात गर्न सक्छौँ: एपोन मार्केटिङ संयोजक दिपेश प्रधान


  •    न्युजभित्तो/१७ फाल्गुन २०८०, बिहीबार १८:०९ 
  • काठमाण्डौं, १७ फागुन । नेपाल औषधि उत्पादक संघको आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धमा एपोन मार्केटिङ संयोजक दिपेश प्रधानसँग गरिएको कुराकानी :

    नेपाली औषधि उद्योगको बजारीकरण कसरी भइरहेको छ ?

    नेपाल औषधिको बजारीकरण (मार्केटिङ) को कुरा अरु वस्तुको भन्दा फरक छ । अरु सामानको मार्केटिङ गर्दा प्रत्यक्ष उपभोक्तासम्म पुग्ने गर्दछन् । तर औषधिको मार्केटिङ उपभोक्तासम्म अप्रत्यक्ष रुपले पुग्ने गर्दछौं । हाम्रा उपभोक्ता भनेकै नै बिरामी हुन् । बिरामीलाई नै यो–यो औषधि खाउ भनेर हामीले भन्न मिल्दैन । तर बिरामीलाई आवश्यक पर्ने औषधि गुणस्तरीय, सस्तो छ भनेर हामी औषधि प्रेस्क्रइभरमा पुग्ने गर्दछौ । उहाँहरुले बिरामीलाई प्रेस्काईभ गरेको औषधि उपलब्धताका लागि चिकित्सक र रिटेल औषधि पसलसम्म पुग्ने गर्दछौं ।

    विदेशी औषधिसँग प्रतिस्पर्धा गर्न कत्तिको चुनौति रहेको छ ?

    नेपालको भूमिमा हामीभन्दा पहिलादेखि नै विदेश कम्पनीले औषधि बेचिरहेका छन् । उनीहरु हाम्रो भूमिमा स्थापित भइसकेका छन् । हामी ३० बर्षदेखि मात्र औषधि बनाउन थालेको हौ । विदेशी कम्पनीसँग संसारको ज्ञान, सीप र प्रविधि । उनीहरु डलरमा भएको पैसा लिएर हाम्रो मुलुकमा मार्केटिङ गरिरहेका छन् । हामी भने सीमित बजेटमा ति विदेश कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसलै गर्दा धैरै चुनौति छन् । अर्कोतिर उनीहरुसँग रेडिमेड प्रडक्ट बनेर आएको हुन्छ । हामीले अध्ययन अनुसन्धान गरेर मात्र औषधिको विकास गर्छाैं । त्यसैले हामीलाई औषधि बजारमा ल्याउन समय लाग्ने गर्दछ ।

    विदेशी कम्पनीले करोडौ जनसंख्यालाई लक्षित गरैर औषधि बनाउनुहुन्छ । उनीहरु टनमा कच्चा पदार्थ किनेर औषधि बनाउने गर्दछन् । हाम्रो देशले तिनै देशबाट कच्चा पदार्थ किनेर ल्याएर औषधि बनाउनुपर्ने हुन्छ । हामी टनमा नभई किलोमा कच्चा पदार्थ किनेर औषधि बनाउने गर्दछौं । कच्चा पदार्थ टनमा किन्ने र किलोमा किन्नेको मूल्यमा पनि फरक पर्न जान्छ । उनीहरुसँग मार्जिन धैरै छ, हामीसँग छैन । तैपनि पनि हामी उनीहरुसँग प्रतिस्पर्धा गरैर उनीहरुकै मूल्यमा औषधि बेचिरहेका छौं ।

    नेपाल फर्मा एक्स्पोले मार्केटिङ कत्तिको सहज बनाएको छ ?

    एक्स्पोले नेपाली औषधिको मार्केटिङ धैरै नै सहयोग पु-याएको छ । अन्तर्राष्ट्रिय गुणस्तरको औषधि नेपालमा पनि बन्छ भनेर प्रचार गर्नका लागि एक्स्पोले सहयोग गर्दै आएको छ । सर्वसाधारणलाई औषधि उद्योगको बारेमा जानकारी लिनका लागि सबै उद्योगमा घुम्न सम्भव हुँदैन । त्यसैले एक्स्पोमा हामीले १५० भन्दा बढी स्टल राखेर नेपाली औषधिमा कस्तो मेसिन प्रयोग गछौँ, कस्तो टेक्नोलोजी (प्रविधि) प्रयोग गर्दछौ र कस्तो–कस्तो मान्छेले कसरी औषधि बनाउछन् ? त्यो सवै कुरा प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । एक्स्पोमा मल्टिनेशनल कम्पनीले प्रयोग गर्ने मेसिन हामी यहि नै देखाउँछौ । हामी उनीहरुभन्दा कम छैनौ । उत्तिकै छौं । हामीसँग पैसा कम होला तर पनि हामी विदेशीले जतिकै गुणस्तरको औषधि उपभोक्तालाई प्रदान गरिरहेका छौं ।

    विदेशमा नेपाली औषधिको मार्केटिङ गर्ने योजना के छ ?

    नेपाली औषधि विदेशमा निर्यात गर्नका लागि सरकारले सहयोग गर्नुपर्दछ । हाम्रो व्यक्तिगत रुपमा एउटा संस्थाले गर्ने कुरा एउटा हो । विदेशमा निर्यातको लागि सहजिकरण गर्नका लागि हाम्रो देशले अर्को देशसँग पारस्परिक सम्बन्ध बनाउनुपर्दछ । सरकारले अर्को देशसँग औषधिका लागि पारस्परिक सम्बन्ध राखेर नीति बनाउन सके हामी विदेशमा पनि नेपाली औषधि निर्यात गर्न सक्छौं ।

    विदेशमा नेपाली औषधिको मार्केटिङका लागि सरकारले के गरिदिनुपर्दछ ?

    सरकारले हामीलाई हौसलासँगै विदेशमा नेपाली औषधि निर्यात गर्नका आवश्यक नीति नियम र नेपाली उद्योगलाई टेक्नोलोजीमा सहयोग गर्नुपर्दछ । नेपाली औषधि उद्योगको अझ गुणस्तर बढाउनका लागि विज्ञ (एक्स्पर्ट) ल्याएर यहाँ तालिम गराउनु पर्दछ ।नेपाली औषधि बाहिर लैजान राजश्व कम गरेर हुन्छ कि के गरेर हुन्छ विदेशीमा नेपाली औषधि निर्यात गर्न सहयोग पु¥याउनु पर्दछ ।

    वंगलादेशले आफ्नो औषधि छ भने विदेशी औषधिको आयातलाई प्रतिवन्ध लगाएको छ। हामीलाई विदेशमा औषधि निर्यातका लागि वंगलादेशको जस्तो अडचन आउन सक्छ त्यसमा सरकारले सहजिकरण गर्नुपर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.