सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी पब्लिकको वार्षिकोत्सवमा वक्तृत्वकला प्रतियोगिता, सैनिक आमावि प्रथम


  •    न्युजभित्तो/१ फाल्गुन २०८०, मंगलवार १९:०० 
  • भरतपुर, १ फागुन । नारायणी ईङ्गलिस पब्लिक स्कुलले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लास्तरीय प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको हो ।

    आज सम्पन्न वक्तृत्वकला प्रतियोगितामा “म मेयर भएको भए…” भन्ने शीर्षकमा उत्कृष्ट प्रस्तुती राख्दै सैनिक आवासीय मा.वि कि छात्रा मन्जिला तिमिल्सिना प्रथम भएको छन् । यस्तै स्मल हेवन स्कुल कल्याणपुरकी छात्रा प्राची शिवाकोटी दोस्रो, सनराइज ई. स्कुलकी छात्रा सजिना खड्का तेस्रो र नेपाल पुलिस स्कुल शान्तिपुरकी छात्रा यूनिसा थपलियाले सान्तोना स्थान हासिल गर्नुभयो ।
    उक्त कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष एवम् प्रवन्ध निर्देशक राजेश्वर खनालले गर्नु भएको थियो भने प्रमुख अतिथि भरतपुर महानगरपालिका उप—प्रमुख चित्रशेन अधिकारी रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा भरतपुर महानगरपालिका वडा नं ११ सदस्य लालमाया लामा, अतिथिहरुमा विद्यालयका प्राचार्य वेदराज न्यौपाने, प्याब्सन चितवनका सदस्य दयानिथि अर्याल, बेसका गणित विभागीय प्रमुख ऋषी घिमिरे हुनुहुन्थ्यो ।

    यसैगरी नारायणी पब्लिक कलेजका एकेडेमिक हेड प्रकाश सिग्देल र विद्यालयका निर्देशक एवं लेखा प्रमुख अनिता खनाल अतिथि रहनुभएको थियो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य न्यौपानेले स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथि अधिकारीले यस्तो खालको कार्यक्रमले विद्यार्थीहरुको नेतृत्व सहित व्यक्तित्वको पनि विकास हुने बताउनु भयो । सभापति खनालले विद्यार्थीहरुले किताबको ज्ञान मात्र नभएर मेयर भएको भए के गर्थे अथवा अरु केही भएको भए के गर्थे भन्ने कुराको पनि ज्ञान हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रमको संयोजन विद्यालयका प्राथमिक तह प्रमुख दिवाकर पौड्यालले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.