विविध कार्यक्रमसहित हाेली भिजन पब्लिक स्कुलकाे वार्षिकोत्सवमा सम्पन्न
न्युजभित्तो/२९ माघ २०८०, सोमबार २०:५०
भरतपुर, २९ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित आज सोमवार सम्पन्न भएको छ ।
३३ औँ वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिकालाई सुवेदीले विकासको लागि दक्ष जनशक्ति विद्यालयबाट नै उत्पादन हुने भएको हुनाले हरेक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
हरेक विद्यार्थीहरुमा एक न एक प्रतिभा रहेको हुनाले उनीहरुको प्रतिभा प्रस्फुटन गरेर विद्यार्थीहरुलाई श्रम र सीपसँग जोड्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) का केन्द्रीय सदस्य मोहन लामाले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयहरुको उल्लेख योगदान गरेको स्मरण गर्दै शिक्षा समय अनुसार परिवर्तन गर्दै जानुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) भरतपुरका अध्यक्ष लेखनाथ खनालले होली भिजन पब्लिक स्कुलले शैक्षिक विकासमा योगदान गर्दै सामाजिक विकासका कार्यहरूमा पनि अग्रणी भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले अभिभावकहरुको सल्लाह र सुझावले नै विद्यालयको प्रगति हुने भएको हुनाले विद्यालयमा बारम्बार सुझाव दिनुपर्ने आवश्यकता औंल्याउँनुभयो।
३३औँ वार्षिकोत्सवको तथा अभिभावक दिवस समारोहमा विद्यालयका प्रचार्य मीनराज बस्ताकोटी, तह- प्रमुख नारायण सापकोटा, शिक्षक केशव भट्टराईलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो भने विद्यालयमा विशिष्ट योगदान गरेकाले शिक्षिकाहरु रश्मी सापकोटा, निर्मला बस्ताकोटी र रविना कुमाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो। यसैगरी अभिभावकहरु जगन्नाथ कंडेल, चोलाकान्त काफ्ले र शुशिला कुमाललाई अति जिज्ञासु अभिभावक सम्मान प्रदान गरिएको भने कक्षा १० कि छात्रा सोनिया सापकोटालाई डाइनामिक विद्यार्थीको उपाधि प्रदान गरिएको थियो ।
होली भिजन पब्लिक स्कुल शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, विद्यार्थीहरु सोस्तिका पाठक,प्रवेश भण्डारी, प्रेजु दवाडी, रिजना अर्याल, कृष्पा सापकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलहरुमा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार र अनुकरणीय कार्य गरेर मेरिट कार्ड विजेता विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले माघ २७ गते खुल्ला रक्तदान कार्यक्रम र टोल विकास संस्थास्तरीय महिला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो भने माघ २८ गते पहिलो चरणका वार्षिकोत्सवका कार्यक्रमहरु सम्पन्न गरेको थियो । यसैगरी आज २९ गते वार्षिकोत्सवको मूल समारोह सम्पन्न गरेको हो ।
वि. स. २०४८ सालमा स्थापना भएको होली भिजन पब्लिक स्कुलमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुदैँ आएको छ ।