सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजन पब्लिक स्कुलकाे वार्षिकोत्सवमा विविध कार्यक्रम


  •    न्युजभित्तो/२८ माघ २०८०, आईतवार २०:४१ 
  • भरतपुर, २८ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको पहिलो दिनको समारोह आज आइतबार एक समारोहबीच विद्यालयमा सम्पन्न भएको छ ।

    वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका विद्यालय निरीक्षक शिव ढुङ्गानाले शैक्षिक विकासमा होली भिजन पब्लिक स्कुलको योगदान स्मरण गर्दै शैक्षिक विकासमा शिक्षक, अभिभावक, विद्यार्थी सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    कार्यक्रमका विशिष्ट अतिथि मेट्रो प्याब्सन भरतपुरका उपाध्यक्ष एवम् भरतपुर इङ्लिस स्कुल सोसाइटीका अध्यक्ष इन्द्रेश शाहले संस्थागत विद्यालयहरुले शैक्षिक विकासमा विशिष्ट योगदान गरेको चर्चा गर्दै शैक्षिक संस्थाहरूले बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

    होली भिजन पब्लिक स्कुल शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी,शिक्षक अभिभावक संघ होली भिजन पब्लिक स्कुलका सदस्य प्रेमप्रसाद सापकोटा, अभिभावक विक्रम सापकोटा,विद्यार्थीहरु आर्या पाण्डे, विमर्श कंडेल, दिप तामाङ, कोशिस घिमिरे, सोस्तिका पाठकलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलहरुमा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने दुईजना जिज्ञासु अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो ।

    वार्षिकोत्सवको अवसरमा विद्यालयले माघ २७ गते खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो भने भोलि माघ २९ गते वार्षिकोत्सवको मूल समारोह आयोजना गरिने कुरा विद्यालयले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.