सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयोजनाहरू समयमै सम्पन्न नहुँदा बाह्य ऋण बढ्यो : अर्थमन्त्री


  •    न्युजभित्तो/२६ माघ २०८०, शुक्रबार १३:४६ 
  • काठमाडौं, २६ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आयोजनाहरू समयमा नै सम्पन्न नहुँदा बाह्य ऋण बढ्दै गएको बताएका छन्। मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयोजनाहरू ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको बताएका हुन्।

    मन्त्री महतले पुँजीगत खर्चलाई अनुशासनमा ल्याउने काम गरेको,बहुवर्षिय ठेक्काको समस्या समाधान गर्ने गरि अघि बढेको जानकारी दिए । उनले उदारका साथ स्रोत र साधनलाई मध्यनजर नगरि सामाजिक सुरक्षाका क्षेत्रमा धेरै प्रतिवद्धता गरेको निश्चित दायित्व ठूलो हुन पुगेको धारणा राखे।

    निश्चित दायित्व बढ्दा आन्तरिक स्रोत र साधनले सम्बोधन गर्न कठिन भएकाले आन्तरिक ऋण बढेको उनको भनाइ छ। अर्थमन्त्री महतले लगानी क्षेत्रलाई बढाउनका लागि कानुनी सुधारलगायत संरचनात्मक सुधारहरू लगानी सम्मेलन अघि नै गर्ने धारणा राखे।

    उनले आगामी जुनको तेस्रो हप्तामा विश्व बैंकको बैठक नेपालमा आयोजना गर्न सहमति जनाएको र अब त्यसको पनि तयारी गरिने जानकारी दिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.