सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिगो विकासका लागि उद्यमशीलता आवश्यक : मन्त्री चित्रकार


  •    न्युजभित्तो/२६ माघ २०८०, शुक्रबार १२:०९ 
  • हेटौँडा, २६ माघ। बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले देशको दिगो विकासका लागि उद्यमशीलता आवश्यक भएको बताउनुभएको छ । उहाँले हाम्रो विकाससम्बन्धी सोच र अवधारणामा परिवर्तन आवश्यक भएको बताउँदै दिगो विकासका लागि पूर्वाधार विकाससँगै उद्यमशीलताका लाति तीनै तहको सरकारले जोड दिनुपर्ने बताउनुभएको हो ।

    मकवानपुरको बकैया गाउँपालिकाले सम्पादन गरेका योजना र कार्यक्रमहरुको बारेमा जानकारी दिन हात्तीसुँढेस्थित पालिका परिसरमा आयोजना गरेको कार्यक्रममा उहाँले देशभित्रै रोजगारी र उद्यमशीलताको विकास नगरेमा युवा पलायन नरोकिने बताउनुभयो ।

    मन्त्री चित्रकारले कृषि, उद्योगको क्षेत्रलगायतका रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा स्थानीय तहसँग प्रदेश सरकारले सहकार्य गर्ने बताउँदै बकैया गाउँपालिकाले सुरु गरेको लगानी वृद्धि आवश्यक भएको बताउँदै बकैया गाउँपालिकाले सुरु गरेको कृषि उद्योग ग्राममा प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रविधि हस्तान्तरण, कृषि र उद्यमशीलतालाई पालिकाले प्राथमिकता दिएकोमा प्रशंसा गर्दै उहाँले भन्नुभयो, रोजगारी नै विकासको जग हो, उद्योग स्थापना नभएसम्म रोजगारी सिर्जना असम्भव छ। उहाँले उद्यमी र लगानीकर्तालाई प्राथमिकता दिने गरी प्रदेश सरकारले नीति बनाउँदै गरेको बताउनुभयो ।

    कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाले कृषिलाई प्राथमिकता दिँदै लगानी गर्दै आएको भन्दै प्राकृतिक स्रोत उपयोग गर्ने बारेमा प्रदेश सरकारको नीतिमा सुधार आवश्यक भएको बताउनुभयो ।

    पालिकामा जनशक्ति अभाव लगायतका समस्या रहेको सुनाउँदै किसानले उत्पादन गरेको दूधको मूल्य समयमा नपाउँदा समस्यामा परेको बताउनुभयो । गाउँपालिकामा उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकामा कृषि र पशुपालनको राम्रो सम्भावना रहेको बताउँदै उत्पादित कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणको समस्या रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले स्पष्ट नीति नबनाउँदा प्राकृतिक स्रोतको समुचित उपयोग गर्न नसक्दा पालिकाहरुको राजस्व गुम्दै गएको बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, बकैया गाउँपालिका वडा नं- ५ का वडाध्यक्ष लक्ष्मी जिम्बा र स्थानीय उद्यमी तुलसी लामाछिानेले बकैयाको बासिन्दाको जीविकोपार्जनको प्रमुख स्रोत कृषि भएको बताउँदै पूर्वाधार विकाससँगै रोजगारी सिर्जना र मानवीय विकासको क्षेत्रमा लगानी आवश्यक भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.